आखाको डेढेपन किन हुन्छ किन यसको परिक्षण र उपचार आवश्यक छ?

आखाको डेढेपन किन हुन्छ किन यसको परिक्षण र उपचार आवश्यक छ?

सामान्यत: डेढेपन भन्नाले दुइवटा आँखा समानान्तर नहुनु हो ।

किन हुन्छ त डेढेपन ?

  • जन्मजात
  • चश्माको नम्बर हुनाले
  • Accomodation (चाहिने भन्दा बढी लचकता ) ले
  • आखाको दृष्टि कम हुनाले
  • आखाको मांसपेसीको कमजोरी वा पक्षघात
  • मस्तिष्कका रोगले हुने
  • आखाका शल्यक्रिया र चोटले इत्यादी

किन र कहिले परिक्षण गर्ने:
बच्चाहरुमा जन्मेको ४ महिनापछि वा थाहा पाउने बित्तिकै किनभने ४ महिना पहिले हुने डेढेपन स्थायी हुदैन र त्यसपछि हुने डेढेपन समयमै परिक्षण गरिहाल्नु भएन भने आखाको दृष्टि स्थायी रुपमा कम हुने हुन्छ।
समयमै परिक्षण गराई सहि उपचार पाइयो भने पूर्ण दृष्टि विकास हुने र कुरुपताबाट जोगाउन सकिन्छ।

उपचार विधिहरु:

  • चश्मा
  • शल्यक्रिया
  • आखाको ब्यायाम
  • आखामा पट्टी लगाउने

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ