मोतिबिन्दु- एक संक्षिप्त जानकारी

मोतिबिन्दु- एक संक्षिप्त जानकारी

मोतिबिन्दु भनेको आखाको लेंन्समा धमिलोपन आउनु भन्ने बुझिन्छ । उपचारबाट निको हुने अन्धोपनको सबैभन्दा मुख्य कारणमा यो पहिलो हो । त्यसैले यसको बारे सामान्य जानकारी हामी सबैमा हुनु जरुरि छ । यो सामान्यतया बुढ्योलिपनले गर्दा हुने रोग हो र यो ५०-५५ सालको उमेर पछी सुरु हुन्छ. तर एसका अपबाद नभएका चाही होइनन।

मोतिबिन्दु सम्भावना कसलाई धेरै हुन्छ ?

  • उमेर बढ्दै गर्दा
  • आखाको चोटले गर्दा
  • जन्मजात: गर्भावस्था मा हुने संक्रमण र औसधि सेवनले गर्दा

लक्षणहरु

  • बिस्तारै आखाको दृष्टि कम हुदै जानु
  • धमिलोपना महसुस
  • टाउको दुख्ने अनि आखा थाक्ने
  • आखाको कालो भाग सेतो देखिदै जानु इत्यादी

चिन्हहरु

  • देख्ने क्षमता कम हुनु
  • लेन्स धमिलो/ अपारदर्शी देखिनु

रोकथाम र निराकरण:

  • चोटबाट आखालाई जोगउनु
  • धुम्रपान नगर्नु
  • गर्बास्थामा आमाको उचित हेरचाह र स्वास्थ्य परिक्षण गराउनु

समयमा उपचार नहुदा के हुन सक्छ ?

  • जलबिन्दु
  • आँखाको दृस्टी स्थाई रुपमा कम हुने ( Amblyopia)
  • अत: मोतिबिन्दु जसलाई पनि हुनसक्छ । यो रोग को एक मात्र निराकरण आखाको शल्यक्रिया हो । operation समयमै भयोभने आखाको पुरै दृष्टि आउने हुनाले रोग पत्ता लाग्ना साथ उपचार गरिहाल्नु उपयुक्त मानिन्छ । हाम्रो देशमा क्याम्पहरु र विभिन्न आखा अस्पतालमा यसप्रकारका शल्यक्रिया हुन्छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ