जीवनयापनको लागि खाना अति नै जरुरी कुरा हो ।एक दिन पनि भोको रहन कति गाह्रो हुन्छ ! होइन र? फुर्सदमा स्वाद जरुरी भए पनि अभावमा माड मात्र पनि ठुलो लाग्छ। गृहणीको समय को ठुलो हिस्सा र परिवारको कमाइको ठुलो अंश खानाको जोडतोड गर्दैमा बित्छ।आखिर शरीरको चल्ने प्रकृयानै यस्तै हो,शक्तिको स्वरुप हो खाना , हरेक दिन हरेक कार्य को मेरुडण्द हो खाना।
मुख देखि शुरु हुने खाना गलाउने र टुक्रा पार्ने प्रकृया चल्दै जान्छ । हनुमानले बोकेर ल्याएको विशाल पहाडबाट महत्वपुर्ण अंश निकालेको रामायणको कथाझै चाहिएको तत्व सही मात्रा मा लिने अनि बाँकी नचाहिएको या हानी गर्ने तत्वलाई फ्याकिदिने प्रकियामा शरीर भित्र रहेको प्रणाली तल्लिन रहन्छ। यहाँ भित्र खानालाई तोड़ मतोड़ गरेर मुख्य अंश निस्किन्छ जुन मध्ये एक प्रकारको तत्व उर्जा को मुख्य जननी हो(ग्लुकोज) ।
शरीर भित्र रहेका कतिपय अंग आफै मा एउटा बिशाल फ्याक्ट्री बराबरका हुन्छन जसका काम खाना लाई छोटो टुक्रा बनाएर उर्जा मा प्रयोग गर्ने वा आवशेकता को हिसाबले जोडतोड गरेर सन्चित गर्न हुन्छ। उर्जा दिने खानाको अंश जस्तै ग्लुकोज ( जस्तै भात, रोटी , आलु आदि जुन शक्ति/ उर्जाको मुख्य स्रोत पनि हो) पेट बाट अन्द्रा अनि त्यहाँ बाट रगत अनि त्यहाँ बाट मुख्य अंग जस्तै दिमाग्, किड्नी आदि भित्रका कोसीका(cells), तन्तु(tissues) मा गएर उर्जा दिनु पर्ने हुन्छ। रगत बाट कोसिका, तन्तु,आदिमा पुराउने काम प्यानकृयाज (pancreas) नामको ग्रन्थीमा बन्ने इन्सुलिन(insulin)ले गर्छ।
तर सबै मा यो फ्याक्ट्री एकनासले काम गर्दैन , अनि जब insulin को कमी हुन्छ तब “ल्हासामा सुन छ कान मेरो बुच्चो” भनेझैँ रगतमा टन्न रहेको ग्लुकोज मुख्य अंग मा जान सक्दैन अनि देखिन थाल्छ लक्षण एउटा बिमारीको जसको नाम हो मधुमेह (Diabetes Mellitus) . त्यस अर्थमा इन्सुलिनले ग्लुकोजलाई कोसीका भित्र जान दिने गेट पाले जस्तै काम गर्छ।
मधुमेह रोग को कारण हो अभाव
एक जहाँ फ्याक्ट्री (प्यानकृयाज;pancreas) बिल्कुल् नै असफल हुन्छ इन्सुलिन बनाउन : टाईप १ ( सन्क्रमन, इन्जुरी )
अर्को इन्सुलिन त छ तर बिशेष कारण बस आफ्नो काम लाई पुरा गर्न सकेको छैन वा कम छ वा सक्रिय हुन सकेको छैन (मोटोपन, पारिवारिक) टाईप २ टाईप १ धेरै ( जसो काम उमेर मा र टाईप २ ४० बर्ष नाघे पछि हुने संभावना धेरै रहन्छ )
मधुमेह एक प्रकार ले ब्यथा हो अभाव र फलिफाप को ;अभाव रहन्छ अंगका तन्तु अनि कोसीका मा ग्लुकोज को र त्यसको प्रयोगले बन्ने उर्जाको
अनि फलिफाप हो रगत मा ग्लुकोज को अनि रगत को माध्यम बाट मुटु, किड्नी, दिमाग को रक्तनली मा जसका आफ्नै नराम्रा असर छन्।
कसरी थाहा पाउने त ?
लक्षण
- कोशीका भोको भए पछि जति खाए पनि भोक लाग्छ खाए अनुसारको तागत छैन
- छिटो थकाई लाग्छ
- घाऊ निको हुन समय लाग्न सक्छ
- छिटो बिमारी हुने सम्भावना बढ्छ
- ग्लुकोज रगतमा ज्यादा भएपछि किड्नीले ग्लुकोज सबै सोस्न सक्दैन , हानिकारक तत्व पनि धेरै बन्न थाल्छ,- पिसाब धेरै लाग्ने अनि प्यास लाग्ने हुन्छ।
- आखाँ, किड्नी, छाला, नशा , स्नायु मुटु आदिमा असर
- कति जाना मा केही पनि लक्षण नदेखिन सक्छ।
- परिवारमा कसैलाई मधुमेह भएको छ भने हुने सम्भावना बढ्छ (type 2)
कसरी पता लगाउने?
- खाली पेटमा मा रगत मा ग्लुकोज को जाँच गर्ने — यदि धेरै आयो भने मधुमेह छ भन्ने बुझ्नु पर्छ।
- अन्य जाँच आवशेकता अनुसार
छ भने के गर्ने त ?
पहिले गलत धारणा लाई हेरू
- मुख मात्र बारेर रोग ठिक हुन्छ
- एक चोटी औषधि सुरु गरे जिन्दगी भर गर्नु पर्छ त्यसैले सकभर मुख बार्नु पर्छ
- इन्जेक्सन त लिने हुन्न है , बर्बाद गर्छ
- मलाई यो रोग लागेको ५ वर्ष भइसक्यो , नापेको छैन अनि केहि भाको नि छैन
- गुलियो त खानै हुदैन
मधुमेह समन्धी धेरै जानकारी ( उपचार बिधि , हेरविचार , रोकथाम ) लिएर आउने छौ।