सामान्यत: डेढेपन भन्नाले दुइवटा आँखा समानान्तर नहुनु हो ।
किन हुन्छ त डेढेपन ?
- जन्मजात
- चश्माको नम्बर हुनाले
- Accomodation (चाहिने भन्दा बढी लचकता ) ले
- आखाको दृष्टि कम हुनाले
- आखाको मांसपेसीको कमजोरी वा पक्षघात
- मस्तिष्कका रोगले हुने
- आखाका शल्यक्रिया र चोटले इत्यादी
किन र कहिले परिक्षण गर्ने:
बच्चाहरुमा जन्मेको ४ महिनापछि वा थाहा पाउने बित्तिकै किनभने ४ महिना पहिले हुने डेढेपन स्थायी हुदैन र त्यसपछि हुने डेढेपन समयमै परिक्षण गरिहाल्नु भएन भने आखाको दृष्टि स्थायी रुपमा कम हुने हुन्छ।
समयमै परिक्षण गराई सहि उपचार पाइयो भने पूर्ण दृष्टि विकास हुने र कुरुपताबाट जोगाउन सकिन्छ।
उपचार विधिहरु:
- चश्मा
- शल्यक्रिया
- आखाको ब्यायाम
- आखामा पट्टी लगाउने