दीवालीमा आँखाको सुरक्षा

दीवालीमा आँखाको सुरक्षा

घर छेउका छिमेकीहरुले पटाका जलाएको हेरी बसेकी १० बर्षकी सानीमायाको जिन्दगी अन्धकार बनाई दिएको छ दिवालीले। उनको आँखामा पटाकाका केहि टुक्रा लागेर आँखामा गहिरो चोट लागेको छ अनि डाक्टरले भनेका छन् कि यो आँखाले अब कहिल्यै देख्न सक्ने छैन।

३० वर्षका सिकर्मी दिल बहादुरको कहानी पनि उस्तै छ । साथी-भाईको लहैमा लागेर दीवालीमा हातै मा राखेर पटाका बम्ब जलाउन उक्सिएका दिल बहादुरको हातमा अनि आँखामा चोट लागेको छ जसले गर्दा उनको जिबनयापन मा कठिनाई भोग्नु परेको छ। दीवालीमा पटाका, रकेट पटाकाहरु जलाएर रमाइलो गरिन्छ तर तपाईंको सानो लापरवाहीले गर्दा आँखामा सानो-तिनो चोटदेखि लिएर कहिल्यै ठिक नहुने गरि आँखा अन्धो पनि हुन सक्छ।

आँखाको सुरक्षाको लागि के गर्ने?

सबैभन्दा असल उपाय भनेको चोटबाट बच्नु नै हो त्यसैले आँखाको सुरक्षाको लागि आज म तपाईंहरु लाई निम्न केहि कुरामा ध्यान दिलाउन चाहन्छु ।

  • पटाका हरु जलाउँदा खुल्ला ठाउँ मा मात्र जलाउनु होला ।
  • बिशेषगरी साना केटा-केटी हरु लाई आफ्नो निगरानी मा राख्नु होला ।
  • पटाका जलाउँदा वा हेर्दा सुरक्षित दुरी मा रहनु होला ।
  • जति सकिन्छ cotton को कपडा लगाउनु होला र nylon, सिल्क वा synthetic का कपडा नलगाउनु होला ।
  • नजिकै ज्वलनशील पदार्थ हरु छन् भने साबधान रहनु होला ।
  • सुरक्षा चस्मा वा गोगल्स को प्रयोग ले पनि आँखा मा चोट बाट बचाउन सक्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ