भांग, गांजा, र चरस: नाम अनेक, असर एक: एक सन्दर्भ

भांग, गांजा, र चरस: नाम अनेक, असर एक: एक सन्दर्भ

भांग, गांजा, र चरस cannabis sativa नामक बोट बाट निकालिन्छ। यो पछिल्लो 8000 वर्षदेखि चीन, नेपाल, भारत र मध्यपूर्वी एशियामा प्रयोग हुँदै आएको नशाजन्य पदार्थ हो। भिन्न-भिन्न रूपमा पाइने यी पदार्थहरु सबैभन्दा बढी उत्पादन हुने, गैरकानुनी रूपमा आयात-निर्यात तथा प्रयोग हुने नशाहरु मध्ये एक हो। यसका संसारभरी लगभग २०-३० करोड़ नियमीत प्रयोगकर्ताहरु छन्। Cannabis उद्योग विश्वमै फस्टाउँदै गरेको ब्यापार हो। संसारभरी cannabis को वार्षिक कारोबार 400 करोड़ यूरोपियन डलर हुने
गर्छ| आउँदो बर्षहरुमा यो कारोबार नबढ्ला भन्न सकिन्न। संसारमा चरसको ब्यापारयो पछिल्लो 8000 वर्षदेखि चीन, नेपाल, भारत र मध्य-पूर्वी एशियामा प्रयोग हुँदै आएको नशाजन्य पदार्थ हो। भिन्न-भिन्न रूपमा पाइने यी पदार्थहरु सबैभन्दा बढी उत्पादन हुने, गैरकानुनी रूपमा आयात-निर्यात तथा प्रयोग हुने नशाहरु मध्ये एक हो। यसका संसारभरी लगभग २०-३० करोड़ नियमीत प्रयोगकर्ताहरु छन्। Cannabis उद्योग विश्वमै फस्टाउँदै गरेको ब्यापार हो। संसारभरी cannabis को वार्षिक कारोबार 400 करोड़ यूरोपियन डलर हुने गर्छ| आउँदो बर्षहरुमा यो कारोबार नबढ्ला भन्न सकिन्न। संसारमा चरसको ब्यापार कोकिन (cocaine), अफिम वा हेरोइन भन्दा पनि तीव्र गतिले बढेको छ।

अब कुरो आयो यसको सन्दर्भ को। होलीको दिनमा भांगको पात पिसेर बनाएको लड्डु अथवा जूस खानुलाई कसले नराम्रो भन्छ होला र? हामीहरुले पशुपतिनाथमा साधुहरुले चिलम भरी गाँजा तान्दै दिन बिताएको देखेका छौं होला। नेपालमा पनि cannabis (भांग, गांजा, र चरस) को बिगबिगी छ। घरबारीमा दुबो झैँ फस्टाउने भांगको बोट कसले नदेखेको होला र! कानून दर्रो नभएको बेलामा हामी आफै यसको बारेमा जागरुक हुनुपर्ने जस्तो लाग्छ। युवा पिढी चाही यसको प्रमुख शिकार हुने गरेको देखिन्छ। यो परिस्थितिमा हामीहरुले यो नशा बारे झन् चासो राख्नुपर्छ जस्तो लाग्छ। यहि भांग, गाँजा वा चरसबारे केही प्रमुख जानकारी बटुलौं।

तस्वीर: १. भांगको पात, २. शिव जी ३. एक साधु गाँजा तान्दै

१. रुप अनेक भनेको के त?

  • भांग- पात पिनेर बनाइएको लेदो/झोल
  • गाँजा- फुलेको डाठ सुकाएर बनाएको धुलो
  • चरस वा हशिश- बोटबाट चुहेको तरल पदार्थ (resin)
  • हश तेल- resin मा solvent मिसाएर बनाइएको तेल

तस्वीर: १.भांग को लड्डू, २.गाँजा भरेको चुरोट, ३. भंगको सर्बत, ४. गाँजा भरेको चिलम। यी जम्मै अलग-अलग पदार्थमा एउटा मुख्य रसायन (chemical) हुन्छ, त्यसको नाम हो- Tetrahydrocannabinol
जसलाई छोटकरीमा THC भनिन्छ। मानसिक असर गर्ने यो मुख्य तत्व हो।

२. असरहरु के-के हुन् त?

  • मुटु: धड्कन बढ्ने, उच्च र न्यून रक्तचाप हुने, मुटुतिर
    दुख्ने, heart attack हुने।
  • श्वास नाली र फोक्सो: घटी खस-खस हुने, खोकी,
    खकार बढी आउने, pneumonia हुने र asthma
    (श्वास लिन अप्ठ्यारो रोग), लामो समयमा cancer गर्ने
    (चुरोट भन्दा १० गुना बढी)।
  • पाचन नली/तन्त्र: मुख सुक्ने, अपच, पेटमा उल्सर हुने।
  • यौन: विर्यको संख्या कम गर्ने, केटा मान्छेको स्तन पलाउने।
  • मानसिक स्वास्थ्य:
  • उदासीनता, आत्तिने, कार्यक्षमता को ह्रास, सोच्ने शक्ति/ध्यान कम हुने, short-term memory कम हुने, लक्ष्य प्रति दिशाहीन हुने, निर्णय लिन गार्हो हुने, सुस्ती हुने , कहिलेकाँही दृष्टि-भ्रम (visual hallucination)
    तथा ध्वनि-भ्रम (auditory hallucination) हुन सक्छ जसले गर्दा मान्छे बौलाएको जस्तो देखिन्छ। यो अवस्थामा अनावश्यक बोल्ने र भाग्ने व्यवहार देखिछ। लामो समय सेवन गरेपछि त सिजोफ्रेनिया/पागलपन
    (schizophrenia) भन्ने रोग पनी हुन सक्छ।

    अरु मानसिक समस्याहरु जस्तै सामान्य भन्दा बढी रिस उठ्ने,एक ठाउँ टिक्न गार्हो हुने, निन्द्रा बिथोलिने, चाहिने भन्दा बढी खुशी देखिने र जीवनका गतिविधिहरु निराशायुक्त लाग्ने हुन सक्छ।

  • लामो समय नशा प्रयोग गर्दा नया कुरा/ज्ञान/शिप सिक्न नसक्ने र मान्छेको सम्पूर्ण वक्तित्व परिवर्तन भएको पनि देखिएको छ।
  • रोग प्रतिरोधात्मक छ्मता कम भएको हुनाले शरीरभरी infection को चान्स बढ्ने हुन्छ। एकै पटक धेरै लिंदा कोमामा जाने सम्भावना पनि देखिएको छ।
  • यो बाहेक पढाई, नोकरी तथा पारिवारिक संबन्ध जस्ता समाजिक परिस्थितिमा हुने क्षतीलाई पनि नजरन्दाज गर्न मिल्दैन जस्तो लाग्छ।

३. नशा लिएको मान्छेलाई कसरी चिन्ने त?

  • आँखाको सेतो भाग एकदमै रातो देखिने
  • भोक निक्कै बढ्ने
  • सुस्त देखिने

४. नशाको कुलतमा पर्ने साथिभाइलाई कसरी सहयोग पुर्याउन सकिन्छ त?

  • Baclofen र N-Acetylcysteine जस्ता औषधीको उपयोगिता देखिएको छ जुनकि मनोरोग-बिशेषज्ञ (psychiatrist) को सल्लाह अनुसार लिन सकिन्छ| औषधि द्वारा गरिने उपचार अझै प्रमाणिकरण
    र रिसर्च मै अल्झेको छ। यस स्थितिमा non-pharmacological methods (दवाई बिनाको उपचार) को मुख्य भूमिका देखिन्छ। यसको उपयोगिता रिसर्च (research) बाट प्रमाणित छ।
  • सर्वप्रथम नशाको चपेटमा पर्ने साथीहरुको नशा छोड्ने इक्छा (Motivation) दरो हुनुपर्छ।यसका निम्ति एउटा कागजमा नशा लिने कारण र परिस्थिति ठम्याउनु पर्छ। अनि नशा लिने र नलिने फाइदा र
    नोक्सानी गरी चार शीर्षकमा बुँदागत तरिकाले लेख्नु पर्छ। यदि नशाको बेफाइदा आफ्नोलागि केही नभेट्दा यसबारे जतिसक्दो खुलेर चर्चा र बिमर्स गर्नुपर्छ। यसबारे बढी भन्दा बढी तथ्य बटुल्नु पर्छ र
    इन्टरनेट सर्च (internet search) गर्नुपर्छ, किनकि नशा लिई राख्दा पनि के चाहिँ लिएको हो भन्ने थाहा पाउनु राम्रो हो जस्तो लाग्छ, होइन र?
  • Motivation (नशा छोड्ने प्रेरणा) समय संगै बदलिने भएकोले नियमित रुपले आफ्नो डाक्टर अथवा साथीसित discuss गर्नुपर्छ।
  • हरेक मानिसमा गुण तथा अवगुण दुबै हुन्छ। त्यहि भएर आफ्नो दुबै शीर्षकमा पोइन्ट्स हरु लेखेर राख्नुपर्छ। Motivation कम भा बेला, त्यसैले माथि उचाल्ने काम गर्छ।
  • त्यसपछि आजको एक महिना, अनि एक बर्ष र त्यसपछि ५ र १० बर्षपछी आफुलाई कहाँ देख्नु हुनेछ भनेर एक टिप्पणी लेख्नु राम्रो हो| आफ्नो जीवनको उद्देश्य र plan नोट गरेपछि यो नशाले तपाइलाई
    त्यहाँ पुग्न कसरी मद्दत पुर्याएको छ त भनेर यसो दिमाग दौडाउदा भबिष्यको दृस्टी पाउन सकिन्छ।
  • त्यसपछि आफ्नो action plan नोट गर्नुपर्छ। यसो गर्दा परिवारका सदस्यको अथवा साथीको मद्दत लिन सकिन्छ| प्लान चाहिँ तात्कालिन र दिर्घकालिन गरी बनाउनु पर्छ।
  • सुरुवाती उद्देश्य नशा छोड्नु भन्दापनि अरु कुनै कार्यतिर मन डुलाउनु लाभदायक हुन सक्छ। जस्तै कि लेखन, संगीत, डान्स, चित्रकारिता, घुमघाम, खेलकुद, कसैलाई मद्दत गर्नु।
  • यस परिस्थितिमा अरु कुनै नशा को कुलत लाग्ने निक्कै सम्भावना हुँदा सतर्क हुनुपर्छ र आफ्नो समस्या नोट गरी डाक्टरको सल्लाह लिनुपर्छ।
  • नशा लिने साथीहरुको संगत छोड्नु र पोजिटिव भएर नशा लिन्न भन्नु पनि एउटा कला हो।
  • नशा प्रति उक्साउने कुरालाई जस्तै कि भांगको बोट, चुरोटको खोल वा गाँजाको धुवाँ, चरस भेट्ने ठाउं, हातमा पैसा इत्यादिबाट पर बसेकै फाइदाजनक हुन्छ।
  • आफ्नो नशा कम गर्ने भए एउटा टार्गेट बनाएर देखिने गरी भित्तामा टास्न सकिन्छ।
  • आफ्नो प्रगति नोट गर्नलाई नियमित रुपले डायरी लेख्नु ठिक हुन्छ।
  • यो तरिकाले नशाले ल्याएको दिमागी chemical (glutamine र dopamine system) मा सही बदलाव गर्छ भनेर भन्न सकिन्छ।
  • लामो समय छोडी राख्दा पनि over-confident हुनु हानिकारक भएको पनि देखिएको छ।

तपाइले रक्सी खाने डाक्टर देख्नुभए होला जसले यो भन्न सक्छ कि थोरै रक्सी मुटुलाई राम्रो हुन्छ।तर गाँजा अथवा चरस खाने कतिको मान्छे भेट्नु भा छ जसले यसलाई राम्रो भन्न सक्छन र? भनेपछि यो
साच्चिकै सामाजिक रुपले छलफल योग्य विषयवस्तु हो जस्तो लाग्छ जसको बारे जनचेतना फैलाऊनु पर्ने आवश्यकता छ।

हजुरहरुलाई यो लेख कस्तो लाग्यो त? अनि यसलाई तपाइले कसरी बुझ्नु भो त अथवा कतिको उपयोगी ठान्नु भो भनेर लेखकलाई अवश्य भन्नु होला। अरु कुनै जिज्ञासा भएमा निसंकोच सोध्नुहोला।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ