बाइपोलर डिसर्डर – मानसिक रोगको संक्षिप्त परिचय

बाइपोलर डिसर्डर – मानसिक रोगको संक्षिप्त परिचय

बाइपोलर डिसर्डर के हो ?

बाइपोलर डिसअर्डर (Bipolar disorder) एउटा ‘मूड ‘को मानसिक समस्या (Mood disorder) हो।यो रोगमा एकै व्यक्तिको मूडमा केही हप्ता वा महिना सम्म निरन्तर उदासी( Depressive phase )
र केही समयको लागि अस्वाभाविक चञ्चलता,खुशी वा चिढ्चिढापन अर्थात् म्यानिया (euphoric or irritable mania phase ) का लक्षणहरु देखिने गर्दछ भने बिचमा मूड सामान्य अवस्था (euthymic phase)
मा फर्किने गर्दछ। यस्ता लक्षणहरु देखिएर दैनिक व्यकिगत र सामाजिक जीवनमा खलल पुग्नु बाइपोलर डिसर्डर (Bipolar disorder) को लक्षण हुन सक्छ। कतिपय पीडितमा भने मात्र म्यानियाको लक्ष्यण
देखिने गर्दछ जसलाई Recurrent unipolar mania भनिन्छ। बाइपोलर डिसर्डर एउटा ‘मूड’ को मनोरोग मात्रै नभएर मस्तिष्कका रासायनिक परिवर्तनहरुको कारणले निम्त्याउने मनोजैविक
(Neurobiological) रोग पनि हो।त्यसैले यसमा देखिने लक्षणहरु व्यक्तीको नियन्त्रणमा हुँदैन र ‘मूड’ लाई सामान्य राख्न नियमित औषधी सेवन अत्यावश्यक हुन्छ।

बाइपोलर डिसर्डरका लक्षणहरु के के हुन्?


यो मानसिक रोगले पीडित व्यक्तीको व्यक्तीव, जीवन शैली र व्यवहारमा अस्वाभाविक परिवर्तनहरु ल्याउने गर्दछ जस्तै……
– मन भारी हुने, उदास र नरमाइलो लाग्ने, एक्लै बस्न मन लाग्ने, पहिले रमाइलो लाग्ने गतिविधिहरुमा पनि सहभागी हुन मन नलाग्ने, रुन मन लाग्ने ,अत्यधिक थकावट महसुस हुने,जीवन अर्थहिन लाग्ने,भविष्य
निराशाजनक लाग्ने,मनमा आफुलाई नोक्सान गर्ने र जिन्दगी समाप्त गर्ने विचार आउने या प्रयास गर्ने,आफ्नो बारेमा हिन-भावनाहरु खेल्ने,भोक-निन्द्रा कम/बढी लाग्ने,आफ्नो सरसफाइ गर्न मन नलाग्ने।
यी सबै डिप्रेसन (Depression phase) का लक्षण हुन्।बाइपोलर डीप्रेसनमा आत्महत्या र आत्मनोक्सानको अत्यधिक सम्भावना रहने हुनाले माथि उल्लिखित लक्षणहरुलाई सावधानीपुर्वक लिन जरुरी हुन्छ।

– अत्यधिक मन खुशी, चञ्चलता र चिढचिढापन हुने,निन्द्रा कम लागेपनि शरीरमा अत्यधिक फुर्ती महसुस हुने, आफ्नो क्षमताभन्दा धेरै काम गर्ने जांगर चल्ने भविष्यका बारेमा अचानक ठुला ठुला योजनाहरु गर्ने,
धेरै बोल्ने र रिसाउने,गाली गलौज गर्ने, सामाजिक परिस्थितीको ख्याल नगर्ने, आफ्नोबारे ठुलो-ठुलो कुरो गर्ने,आलौकिक शक्तिहरुको भ्रम हुने,पैसा धेरै खर्च गर्ने।यी म्यानिया (Mania Phase) का लक्षण हुन्।
म्यानिया रोगको लक्ष्यण देखिएपछि आकस्मित मानसिक स्वास्थ्य सेवाको जरुरी हुन्छ किनभने रोगले च्याप्दै जाँदा दैनिक व्यक्तिगत र सामाजिक जीवनमा उपर्युक्त निर्णय लिने क्षमतामा उल्लेख्य कमी आउन
सक्छ र पीडित व्यक्ती क्रमश: आफ्नो स्वाभाविक स्वाभावबाट टाढिदै जान्छ। पहिले नै पीडित विरामी र तीनका आफन्तहरुले यी लक्षणहरु तुरुन्तै चिनेर उचित उपचार पाएमा रोगको नयाँ झट्का (Relapse)
लाई समयमै रोकथाम गर्न सकिन्छ। विशेषगरि जीवनका महत्वह्पूर्ण घटनाक्रम वा समस्याहरु (Life events) ले पैदा गर्ने तनाव (stress) ले पनि रोगका लक्षणहरु देखिन थाल्दछन्। अत: यस्तो परिस्थितीमा
अझ चनाखो रहन जरुरी हुन्छ।

बाइपोलर डिसर्डरको औषधोपचार कस्तो हुन्छ?

बाइपोलर रोग बारम्बार लक्षणहरु अाइरहने एउटा दिर्घ मानसिक रोग भएको हुनाले यसलाई नियन्त्रणमा राख्न नियमित औषधी सेवन गर्नु अत्यावश्यक हुन्छ। यस रोगको उपचारका दुई चरण हुन्छन्-
नयाँ लक्षणहरुलाई चाँडै नियन्त्रण लिन गरिने आकस्मिक उपचार (acute phase) र रोगलाई फेरी फेरी हुन नदिन गरिने दिर्घकालिन उपचार (maintenance phase) ।यसरी ‘मूड’ लाई सामान्य अवस्थामा राख्ने
ओखतीलाई मूड स्टाबिलाइजर (Mood Stabilizer) भनिन्छ जसमा लिथियम (Lithium), भाल्प्रोयट (Valproate), ल्यामोट्रिजिन (Lamotrigine), कार्बामाजेपिन (Carbamazepine) तथा एन्टी साइकोटिक
औषधीहरु (Antipsychotic drugs) पर्दछन् यस रोगलाई नियन्त्रणमा नलिए बारम्बार लक्षणहरु देखा परिरहने हुन्छ।विशेषगरी मस्तिष्कका रासायनिक पदार्थहरुमा दिर्घकालीन असर गरेर बि. डि.एन. एफ
(BDNF) जस्ता मस्तिष्क तन्तुहरुको विकासमा अत्यावश्यक रसायनहरुको कमीले स्मरणशक्ती सम्बन्धी विभिन्न सम्स्याहरु निम्त्याउन सक्छ। यी ओखतीहरुको सही मात्रमा सेवन र विशेषगरी लिथियम
(Lithium), भाल्प्रोयट (Valproate) को लागि नियमित रगत जाँच (serum level ) गराउनु र नकारात्मक असरहरुहरुको बारेमा आफ्नो मानसिक रोग विशेषज्ञलाई जानकारी गराउनु जरुरी हुन्छ।ध्यान
दिनु पर्ने कुरा के छ भने,यी ओखतीहरु जथाभावी आफैले चलाऊने वा छोड्ने गर्नु हुँदैन।बाइपोलर डीप्रेसनको हकमा जान्नुपर्ने महत्वपूर्ण कुरा के हो भने यसको उपचारको लागि बिना कुनै मूड स्टाबिलाइजर
मात्रै एन्टिडिप्रेसन्ट (Antidepressant monotherapy) प्रयोग गर्नु हुँदैन । यसले म्यानिया (mania) को लक्षण निम्त्याउन सक्छ। लामो समयसम्म लिनाले त झन् रोग बिगार्न सक्छ।

के बाइपोलर डिसर्डरको मनोसामाजिक उपचार सम्भव छ?

बाइपोलर डिसर्डरको उपचारको लागि बिभिन्न मनोवैज्ञानीक पद्धतीहरुको बिकास,अध्ययन र प्रयोग भएको छ जस्तै – कग्निटीव विहेविअरल थेरपी (Cognitive Behavioural Therapy) सोसल रिदम थेरपी?
(Social Rhythm Therapy), इन्टर पर्सनल थेरपी (Interpersonal Therapy) इत्यादी। तर यी सबै पद्धतीको मुख्य अंङ्ग र उदेश्य बाइपोलर रोगको बारेमा उचित जानकारी अर्थात मनोशिक्षा नै हो।यसबाहेक
नियमित निन्द्रा र खानपिन,व्यायाम,दैनिक जीवनशैली, स्वास्थ्य अन्तरव्यक्तिगत र सामाजिक सम्बन्धको अभ्यास, तनाव व्यवस्थापन जस्ता जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न सके रोग नियन्त्रणमा फाईदा
पुग्दछ। तर नियमित र उचित औषधी सेवनले मात्र दिर्घकालिन रुपमा रोग मुक्त रहन सकिन्छ। अर्को महत्वपूर्ण पक्ष भनेको नशा सेवनबाट टाढा रहनु हो। मदिरा, गाँजा जस्ता नशाजन्य पढार्थको प्रयोगले रोगका
लक्षणहरुलाई बढाउने र लिइरहेको औषधीलाई समेत प्रभावहिन बनाउन सक्छन्।त्यसैले बाइपोलर डिसर्डरबाट पीडितहरुले नशा मुक्त रहनु जरुरी हुन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ