साइकोसिस(Psychosis) कस्तो रोग हो ?

साइकोसिस(Psychosis) कस्तो रोग हो ?

“कसैले मेरो बारेमा कुरा गर्दै छन् , एउटा केटा को आवाज छ मलाई मार्ने कुरा गर्छ , अर्को बुढो मान्छे को आवाज हो, अहिले बेला भाको छैन भन्छन , मेरै बारेमा कुरा भएको हो। छिमेकि घर तिर बाट आएको
ले अस्ति त तिनीहरु को घर मा ढुंगा नै हानिदिए। तर फेरी बाटो मा हिड्दा पनि सुन्छु अनि फेरी ड्याडी ममी ले फेरी सुन्दैन ; खै के भइ रहेको छ। ”
“खाना को स्वाद बेग्लै छ, मलाई खाना मा बिष मिलाएको छ। म त अनुहार हेरेर थाहा पाउछु। तिनीहरु ले जति होइन भने पनि मलाई पक्का थाहा छ ”

“मलाई घर बाट हिड्न डर लागेको छ , सबै जना मेरै कुरा गर्छन , मेरै कुरा गरेर हास्छन। मेरो आमा ले तलाई नचिन्ने मान्छे ले के कुरा गर्नु भने पनि मलाई थाहा छ मेरै बारेमा कुरा हुदै छ। त्यसैले मा घर बाट
पनि निस्किन्न। तर घरमा पनि आफन्त हरु पनि मेरै कुरा गर्छन।”

“मलाई खतरा छ , ज्यान को खतरा छ। मलाई मार्ने षडंयन्त्र भैरहेको छ। यहाँ सबै केहि नभएको जस्तो गर्छन मलाई थाहा छ सबै मिलेका छन्। बुवा आमा सबै। त्यो माछा बेच्ने मेरो आमा लाइ हेरर
चकू निकाल्दै इसारा मा साहुनी लिने हो भन्छ अनि मेरी आम मलाई हेर्दै ऐले होइन पछि भन्छे। मलाई बुझेको छैन र ”
“मेरो कुरा सबै लाई थाहा भाईसक्यो। मेरो कम्प्युटर, फोन, अनी सबै कुर ह्याक भाको छ । म के सोची रहेको छु त्यो पनि सबैले थाहा पाउंछन। ”

“मेरो बुवा मेरो होइन , प्लस्तिक(plastic) सर्जरी गरेर अर्कै मान्छे हो, अरु ले नचिने पनि मैले थाहा पाइ । ”

“मेरो दिमाग भित्र म सुतेको बेला चिप्स रखेको छ, मेरो मा रिसर्च गरी रहेको ।”


“म भगवान हुन, कृष्ण भगवान , मैले संसारमा कलयुग सकाउछु भनेर मलाई मेरो सबै शक्ती नआउँदै मार्न खोज्दै छन । मार्स (Mars)बाट एलियन पनि मान्छे जस्तो रुप लिएर मलाई मार्न आको छ। ”

यो एउटा यस्तो रोग हो जस्मा बिरामी ले अनुभव गरेको कुरा उसलाई एकदम साचो लाग्छ। अरुलाई आधार हिन लागे पनि उसलाई भने आफुलाई लागेको कुरा मा पक्का विश्वाश हुन्छ ।
यसमा एउटा लक्षण “भ्रम ” यानी “Delusion” हुन्छ । अर्को लक्षण भनेको को ” अरु ले नदेखेको नसुनेको कुरा प्रस्ट सुन्नु वा देख्नु हुन्छ जस्लाई हामी “hallucination” भन्छौ।

अर्को भनेको स्वभाव मा परिवर्तन आउने , अचम्म का कुरा गर्ने, रिसाउने , टोलाउने , एक्लै बोल्ने, हास्ने हुनसक्छन।

गांजा प्रयोग गर्ने मा यो रोग देखिन सक्छ। वंशानुगत कारण ले पनि यस रोग हुनसक्छ हुन्छ। यसमा पढाई बिग्रिदै जाने,अरु सित (आमा बुवा , साथी भाई ) टाढा हुँदै जाने पनि हुन सक्छ। कसैमा यो उपचार
पछी पूर्ण रुप ले ठीक हुन सक्छ भने कसै मा उपचार त्यती असरदार नहुन सक्छ । यस् रोगको एक प्रकार मा सिजोफ्रेनिया”Schizophrenia” भन्ने रोग आउछ।

(treatment on next part)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ