डिप्रेसन(Depression) वा उदासीपन वा दिक्दारिपन को रोग — Part 2(लक्षणहरु कस्ता हुन्छन त?)

डिप्रेसन(Depression) वा उदासीपन वा दिक्दारिपन को रोग — Part 2(लक्षणहरु कस्ता हुन्छन त?)

लक्षणहरु कस्ता हुन्छन त?

  • उदासीपन वा धेरै जसो मन दुखि भैरहन्छ (आफ्नो पहिले को स्वभाव भन्दा बिपरित या ज्यादा मात्रा मा ) persistent sadness of mood or low mood.
  • सहजै खुशी महसुस गर्न नसकिने अवस्था loss of pleasure or happiness.
  • शरीर गल्ने , छिटो थकाई लाग्ने, केहि कुरा मा जोश जाँगर नलाग्ने easy fatigability or tiredness.
  • नकारात्मक र निराशावादी विचार निरन्तर आउने negative thoughts.
  • मर्न मन लाग्ने / आत्मा हत्या को सोच आउने suicidal ideations.
  • सहजै ध्यान केन्द्रित गर्न गाह्रो हुने, poor attention and concentration.
  • स साना , रोज मर्रा का कुरा हरु सहजै विर्सने, सम्झने शक्ति कमजोर भएको जस्तो लाग्ने poor memory especially immediate and recent.
  • टाउको भारी हुनु, दुख्नु headache, (tightness or pain).
  • शरीर दुख्ने unexplained body-aches.
  • हात खुट्टा वा जिउ पोल्ने ,झमझम हुने ,लाटो हुने वा दुख्ने.
  • चिडचिडाहट हुनु, सहजै झर्को लाग्ने irritability , restlessness .
  • निद्रा गडबडी हुनु disturbed sleep.
  • खाना रुची हुने या गडबड हुने , दुब्लाउने disturbed appetite; loss of weight.
  • यौन इच्छामा कमी आउनु decrease libido(loss of interest in sex ).
  • आफुलाई कसैले माया नगर्ने , अरु ले मन नपराउने, हेपेको झैँ लाग्ने आफु बोझ भएको महसुस worthlessness, low self esteem, feeling unloved and unwanted .
  • आतिने , छट्पट हुने , बिहान उठ्दा जीवन बोझ झैँ लाग्ने early morning sadness, anxiety.
  • काम गर्ने मन नलाग्ने , स साना गल्ति हुने loss of pleasure in work.
  • कति जना यस्ता अवस्था मा धेरै नसा सेवन पनि गर्न थाल्छन increase use of drugs to feel relaxed.
  • आत्मविश्वास को कमि अनि हीन बोध हुने low confidence and self esteem.
  • केटा केटी हरु वा teenagers मा छिटो रिसाउने , जिद्दी , झगडालु स्वभाव अनि पढाई मा मन नजाने, टाउको दुख्यो, पेट दुख्यो मात्र भन्ने तर जांच गर्दा नर्मल देखिने , मर्ने प्रयास गर्ने लक्षण हुन सक्छन

  • सबै बिरामी मा यो सबै लक्षण हुनु पर्छ भन्ने छैन , कतिपय लक्षण अरु रोग का पनि हुने हुनाले आफैले रोग पत्ता लगाउनु भन्दा नि मनोचिकित्सक को सल्लाह लिन जरुरि हुन्छ
  • डिप्रेसन कति महँगो रोग हो ?

    • काम सहजै गर्न नसक्दा जागिर मा अप्ठ्यारो, काम मा नियमित हुन गार्हो |
    • बिद्यार्थि हरु पढाई गररहो हुन्छ, सम्झिन गार्हो, हीनभाव अनि आत्मबिश्वासको कमी अनि जटिल हुदै गएर कति ले पढाई छोडछन।
    • काममा पूर्ण क्षमताको प्रयोग गर्न सक्दैनन् , आर्थिक कमजोरी हुन आउछ।
    • माया नगर्ने, सबै बोझ भएको महसूस हुने हुदा घर झगड़ा हुने संभावना बढ्छ, कतिमा शंका गर्ने प्रबृति देखिन्छ
    • तौल घटने , आहार को कमीले अरु रोग अनि कमजोरी , पौस्टिक आहार को कमी हुन्छ , संक्रमण को संभावना बढ़छ।
    • जीउ दुखने, कमजोरी , आतिने रोग को लक्षण (मुटु को धड़कन बढ़ने, स्वास लिन गार्हो हुने ) आदि लाई मात्र ध्यान दिएर डिप्रेसन को रोग पत्ता नलागेर नचाहिने जाँच
    • अनि उपचार ले गर्दा उपचार खर्च बढ़ने , थुप्रै डाक्टर का भौतारिने गरेको पाइएको छ।
    • अकालमै मृत्यु वा आत्महत्या को संभावना बढ़ाउछ।
    • अब हरेक दिन उदास रहनु को के मूल्य तोक्नु।

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ