लक्षणहरु कस्ता हुन्छन त?
- उदासीपन वा धेरै जसो मन दुखि भैरहन्छ (आफ्नो पहिले को स्वभाव भन्दा बिपरित या ज्यादा मात्रा मा ) persistent sadness of mood or low mood.
- सहजै खुशी महसुस गर्न नसकिने अवस्था loss of pleasure or happiness.
- शरीर गल्ने , छिटो थकाई लाग्ने, केहि कुरा मा जोश जाँगर नलाग्ने easy fatigability or tiredness.
- नकारात्मक र निराशावादी विचार निरन्तर आउने negative thoughts.
- मर्न मन लाग्ने / आत्मा हत्या को सोच आउने suicidal ideations.
- सहजै ध्यान केन्द्रित गर्न गाह्रो हुने, poor attention and concentration.
- स साना , रोज मर्रा का कुरा हरु सहजै विर्सने, सम्झने शक्ति कमजोर भएको जस्तो लाग्ने poor memory especially immediate and recent.
- टाउको भारी हुनु, दुख्नु headache, (tightness or pain).
- शरीर दुख्ने unexplained body-aches.
- हात खुट्टा वा जिउ पोल्ने ,झमझम हुने ,लाटो हुने वा दुख्ने.
- चिडचिडाहट हुनु, सहजै झर्को लाग्ने irritability , restlessness .
- निद्रा गडबडी हुनु disturbed sleep.
- खाना रुची हुने या गडबड हुने , दुब्लाउने disturbed appetite; loss of weight.
- यौन इच्छामा कमी आउनु decrease libido(loss of interest in sex ).
- आफुलाई कसैले माया नगर्ने , अरु ले मन नपराउने, हेपेको झैँ लाग्ने आफु बोझ भएको महसुस worthlessness, low self esteem, feeling unloved and unwanted .
- आतिने , छट्पट हुने , बिहान उठ्दा जीवन बोझ झैँ लाग्ने early morning sadness, anxiety.
- काम गर्ने मन नलाग्ने , स साना गल्ति हुने loss of pleasure in work.
- कति जना यस्ता अवस्था मा धेरै नसा सेवन पनि गर्न थाल्छन increase use of drugs to feel relaxed.
- आत्मविश्वास को कमि अनि हीन बोध हुने low confidence and self esteem.
केटा केटी हरु वा teenagers मा छिटो रिसाउने , जिद्दी , झगडालु स्वभाव अनि पढाई मा मन नजाने, टाउको दुख्यो, पेट दुख्यो मात्र भन्ने तर जांच गर्दा नर्मल देखिने , मर्ने प्रयास गर्ने लक्षण हुन सक्छन
डिप्रेसन कति महँगो रोग हो ?
- काम सहजै गर्न नसक्दा जागिर मा अप्ठ्यारो, काम मा नियमित हुन गार्हो |
- बिद्यार्थि हरु पढाई गररहो हुन्छ, सम्झिन गार्हो, हीनभाव अनि आत्मबिश्वासको कमी अनि जटिल हुदै गएर कति ले पढाई छोडछन।
- काममा पूर्ण क्षमताको प्रयोग गर्न सक्दैनन् , आर्थिक कमजोरी हुन आउछ।
- माया नगर्ने, सबै बोझ भएको महसूस हुने हुदा घर झगड़ा हुने संभावना बढ्छ, कतिमा शंका गर्ने प्रबृति देखिन्छ
- तौल घटने , आहार को कमीले अरु रोग अनि कमजोरी , पौस्टिक आहार को कमी हुन्छ , संक्रमण को संभावना बढ़छ।
- जीउ दुखने, कमजोरी , आतिने रोग को लक्षण (मुटु को धड़कन बढ़ने, स्वास लिन गार्हो हुने ) आदि लाई मात्र ध्यान दिएर डिप्रेसन को रोग पत्ता नलागेर नचाहिने जाँच
- अनि उपचार ले गर्दा उपचार खर्च बढ़ने , थुप्रै डाक्टर का भौतारिने गरेको पाइएको छ।
- अकालमै मृत्यु वा आत्महत्या को संभावना बढ़ाउछ।
- अब हरेक दिन उदास रहनु को के मूल्य तोक्नु।