आँखा पाक्दा (CONJUNCTIVITIS हुँदा ) के गर्ने? के नगर्ने?

आँखा पाक्दा (CONJUNCTIVITIS हुँदा ) के गर्ने? के नगर्ने?

सामान्य भाषामा आँखा पाकेको भनिने conjunctivitis धेरै जसो ब्याक्टेरिया, भाईरस वा एलर्जी ले गर्दा हुने गर्दछ । अनि यो सजिलै संग संक्रमित हुन सक्ने हुँदा निम्न कुरा हरुको ध्यान दिनु पर्छ।

के गर्ने?

  • आँखालाई धुलो बाट बचाउने ।
  • सफा कपडा वा रुमालले मात्र आँखा पुछ्ने ।
  • चस्मा वा गोगल प्रयोग गर्ने। यसले संक्रमनलाई कम गर्छ ।
  • हात बेला-बेला मा साबुन-पानी ले धुने ।
  • डाक्टरको सल्लाह अनुसार मात्र दबाईको प्रयोग गर्ने ।

के नगर्ने?

  • आँखा धेरै नछुने अनि नमिच्ने ।
  • आफुले व्यवहार गरेको रुमाल, चस्मा आदि अरुलाई प्रयोग गर्न नदिने ।
  • कन्टयाक लेन्सको प्रयोग नगर्ने ।
  • आँखामा मेकअप को प्रयोग नगर्ने ।
  • अरु को आई-ड्रोप प्रयोग नगर्ने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ