म भाइरस को ठुलो फ्यान हु। यो पढ्दा तपाईंहरु लाई रिस उठ्ला तर बाघ, हाती जस्तो ठुलो शरीर भएको , मान्छे जस्तो ठुलो बुद्धी भएको प्राणी लाई आँखाले त के , माईक्रोस्कोप ले पनि देख्न गार्हो हुने , मरेको हो कि जिउदै छ भन्ने किटाणु ले आछु, आछु पारेको छ।कोरोना ले संसार हल्लायो भन्ने कुरा , भारत र चाइना जस्तो बिशाल देशको बिच मा एउटा सानो ,अति सानो देश नेपाल मा बस्ने म एक डाक्टरले सोच्दा नेपाल र भाइरस , उस्तै उस्तै लाग्छ। लक्ष्मी प्रसाद देवकोटा जी को “के नेपाल सानो छ ” पढेको स्वाद आउछ। अनी लाग्छ के भाइरस सानो छ त? भाइरस आफ्नो छैन बराबर को शरीर भित्र असीमित एउटा ठुलो सपना, आट , र आत्म विश्वाश बोकेको मौका मिले संसार लाई नै राज गर्ने गोर्खाली सेना झै लाग्दछ ।
के हुन भाईरस ?
केही DNA, RNA , protein हरु सँग कुनै कुनै मा बोसो को पातलो कोट भएको , अस्त चिरन्जिबी झै कहिले नमर्ने अनि योग मा लामो समय निस्कृय भएर पनि बाँच्न सक्ने योगी झै निस्कृय (मरेको हो कि , बेहोस् हुन ) बस्ने यि भाईरस जिबित प्राणी मा छिर्न पाए , उनी हरु कै उर्जा, तत्व प्रयोग गरेर पल भर मै लाखौं हुने अचम्म को जिब हुन Iयिनिहरु सबैमा आक्रमण नगरी आ:आफ्ना सजिलो होस्त(host)प्राणी खोज्छन ।
यति सानो तत्व जीवन उपभोग गर्न सक्छ भन्दा अचम्म लग्थ्यो एमबिबिएस पढ्दा , अनि त्यो व्यासजी को स्लोक
याद आउछ ।भाइरस जीवन बाँच्न चाहिने सार बोकेको छ जस्तो लाग्छ । गल्तीले मान्छे मा पल्केको कोरोना भाइरस(Covid 19) एउटा SARS भाइरसको एक प्रकारको रुप मा आउछ ।
कोरोना कति को खतरनाक भाइरस हो?
- खुशी को कुरा के छ भने यो यच.आइ.भि. (HIV,AIDS)जस्तो एक चोटि भए जीवन भर हुने स्वभाव देखिदैन ।
- यो रेबिज (Rabies virus)जस्तो धेरै सुइ लाउन पर्ने, नगरे १००% मरिने जस्तो रोग पनि हैन ।
- यो धेरै जस्तो उपचार पनि नगर्दा पनि ठीक हुन सक्ने रोग हो , कसैलाई मात्र सार्हो गार्हो हुने , अनि धेरै कम लाई ज्यान नै जाने हुन सक्ने बनाउछ।
त्यसो भए किन यति चासो ?
- छिटो फैलिने रोग भो ।
- समाज मा सबै जना एकै चोटी बिरामी भए पछी कस्ले कस्लाई हेर्ने?
- एकै चोटी सबै लाई पुग्ने स्वास्थ्य सुबिधा हामी सितै छैन ।
- डाक्टर, नर्से नै बिरामी भए कस्ले उपचार गर्ने?
- थोरैमा नै सही गार्हो भएर च्यापेर मृत्यु भए नि दु:ख भो नि , अनी त्यो मान्छे जो पनि हुन सक्छन, त्यसइ ले किन भाईरस सित जोरी खोज्ने।
- अनि सन्क्रमण भइ राख्नु भनेको किटाणु सकृय( active) छ, निस्कृय वा जोगी बनाउन परेन ।
- अनि यस्को एकदम ठोस् उपचार वा खोप आको पनि छैन ।
अब एउटा डाक्टर को हिसाब ले सोच्ने हो भने यस्को प्रकोप बाट बाँच्न के गर्ने त?
चाणक्य नीति को एउटा स्लोक छ :
कोरोना को रोक्थाम का निश्चित कुरा
- किटाणु लाई हाम्रो शरीर बित्र प्रवेश गर्न नदिने ।
- राम्रो सित हात धुने , हात नाक , मुख तिर नलग्ने ।
- मास्क को प्रयोग गर्ने, जस्ले नाक , मुख मा छिर्न सक्ने सम्भाबना घटाऊछ।
- एक अर्को सित दुरी कायम राख्ने , जस्ले गर्द भाईरस बिच मा नै खसेर निस्कृय होस्।
- जथाभाबी जमघट, भेटघाट गर्ने, मीटिङ गर्ने , भिड गर्ने बन्द गरौ ।
- भाईरस लाई छिटो निस्कृय बनाउन सानीतैजेर को प्रयोग गर्ने।
- साबुन पानी ले मजा ले हात धुने , जस्ले गर्द भाईरस छिटो निस्कृय हुन्छ ।
आफु लाई भएको शन्का लागे (isolation, quarantine) मा बस्ने, र आफ्नो शरीर लाई भाईरस सँग लड्न मद्दत् गर्ने ।आफ्नो मानसिक र शरीरिक स्वास्थ्य को ध्यान राख्ने ।
भाईरस सकृया भएको लक्षण
- ज्वरो आउने ।
- खोकी आउने ।
- छाती दुख्ने ।
आदि , यस्तो बेला डाक्टर को सलाह लिनु पर्छ ।
- याद रखौ, केही लक्षण नभएका लाई पनि कोरोन भएको हुन सक्छ, उस्ले श्वास बाट कोरोन का किटाणु फ्याक्न सक्छन।
- हामी केही मा रही रहे पनि , सबै मा फैलिन सक्छ।
- त्यसैले एक अर्को को साथ दिदै , सबै मिलेर यो बलियो खेलाडी लाई निस्कृय बनाउ ।