सुरक्षित सल्यचिकित्सा चेकलिस्ट

सुरक्षित सल्यचिकित्सा चेकलिस्ट

स्वास्थ्य सेवा सम्बन्धित त्रुटीका कारण हुने मृत्यु संसारमा मृत्युको आठौं प्रमुख कारण हो । संयुक्त अधिराज्यमा वर्सेनी १२०००० मृत्यु यस्का कारण हुने गर्छन् । यी त्रुटिहरु या त कार्यन्वयनमा या त योजना बनाउने त्रुटिका कारण हुन्छन् जस्का कारण बिरामीहरुले विभिन्न प्रकारका प्रतिकुल असरहरु भोग्नु पर्छ । ६६% यस्ता त्रुटिहरु सल्य चिकित्सा सम्बन्धित हुन्छन् । यी त्रुटिहरु मध्ये ५०% रोक्न मिल्ने खालका हुन्छन् । तर सही योजना र कार्यन्वयनको अभावले अधिकाँश बिरामीहरु यी समस्याहरु झेल्न बाध्य हुनेगर्छन् ।

यी स्वास्थ्य सम्बन्धि त्रुटिहरु कम गर्न विश्व स्वास्थ्य संगठनले सुरक्षित सल्यचिकित्सा चेकलिस्ट जारी गरेको हो । यसले अप्रेशन पुर्व ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरुमा प्राथमिकता दिन्छ जसले बिरामीको सुरक्षामा जोड़ दिन्छ । अप्रेशन पुर्व र अप्रेशनको दौरान यी तत्वहरु सल्यचिकित्सा टीम, एनेस्थेसिया टीम तथा नर्सिंग टीम सबैले पुनरावलोकन गर्छन् । यसले अप्रेशनमा दल भावना प्रोत्साहित गर्छ र बिरामीलाई हुने प्रतिकुल असरहरु कम गर्न मदद गर्छ ।

सल्यचिकित्सा चेकलिस्टका तीन अंशहरु छन् : बेहोशी पुर्व, चिरफार पुर्व र अप्रेशन पश्चात । बेहोशी पुर्व जांच गर्नुपर्ने कुराहरु हुन्:

  • रोगीको सहि पहिचान तथा अप्रेशनको लागि अनुमति
  • अप्रेशनको ठाउँको सहि पहिचान
  • एलर्जी सम्बन्धित पीडित रहेको या नरहेको
  • वेनस थ्रोम्बो एम्बोलिस्म रोगनिरोधक उपाय
  • औजार तथा इमप्लांट सम्बन्धि जानकारी
  • बेहोशी सुरक्षा चेकलिस्ट
  • श्वास प्रश्वासमा हुनसक्ने खतरा
  • रक्त अभावले हुनसक्ने खतरा

चिरफार पुर्व जांच गर्नुपर्ने कुराहरु हुन्:

  • सल्य चिकित्सा टीमको सहि पहिचान
  • रोगी, रोग र निदानको सहि पहिचान
  • एन्टिबायोटिकको सहि प्रयोग
  • इमेजिंग ( x- ray, सी टि स्केन इत्यादि ) पुनरावलोकन
  • आउन सक्ने कठिनाई तथा प्रतिकुल परिणामको पुर्व जानकारी

अप्रेशनको अन्तमा जांच गर्नुपर्ने कुराहरु हुन्:

  • नर्स द्वारा अप्रेशन, स्पेसिमेन् , औजार तथा स्पोंजको जानकारी
  • अप्रेशनको सर्जन द्वारा अप्रेशनको पुनरावलोकन
  • बेहोशी टीम द्वारा अप्रेशनको पुनरावलोकन
  • सरीरको तापमानको जांच
  • भावी योजना

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ