थाईरोइडको बिमारीले आँखामा हुने असर:

थाईरोइडको बिमारीले आँखामा हुने असर:

हामीले अघिल्लो लेखमा थाईरोइड बिमारी मा हुने शारीरिक लक्ष्यण हरु को बारे मा जानकारी लियौं। आज हामी थाईरोइड बिमारीले गर्दा आँखा मा हुने असर को बारे मा छलफल गरौँ। थाईरोइडमा शारीरिक समस्या हुनुका साथै आँखा मा पनि असर देखिन्छन
र कहिले-काहीं आँखामा देखिने लक्ष्यण नै पहिलो लक्ष्यण हुन सक्छ।

आँखा ठुलो देखिने (proptosis) को सबैभन्दा प्रमुख कारण थाईरोइड बिमारी नै हो। त्यसैले एक आँखा वा दुवै आँखामा proptosis देखियो भने थाईरोइड को जांच गराउनु पर्छ।

लक्ष्यणहरु:

सुरुवातमा देखिने लक्ष्यणहरु:

  • आँखा चिलाउने,
  • पानी आउने,
  • आँखा रातो हुने,
  • प्रकाशमा हेर्न गाह्रो हुने,
  • बिहान आँखा सुनिने आदि।

अलि लामो थाईरोइड बिमारीमा देखिने लक्ष्यणहरु:

  • आँखा ठुलो देखिने,
  • परेला पछाडी तानिने,
  • आँखा सुनिने,
  • आँखा को दृश्यशक्तिमा कमि हुने,
  • आँखा को पछाडी भागमा तनाब महशुस हुने,
  • एउटा चिज लाई दुइटा देखिने आदि ।
  • कहिले काहीं आँखा धेरै बाहिर आएको कारण आँखा ठिक संग बन्द नहुने हुन सक्छ। त्यस्तो अवस्थामा आँखाको पुतलीमा घाउ पनि हुन सक्छ।

जाँचहरु:

  • थाईरोइड को जांच: T3, T4, TSH
  • आँखा को CT scan: थाई रोइड को बिमारी मा आँखाको मांशपेसी हरु मोटा हुने, आँखाको वोरीपरी fat हरु बढ्ने गर्दछ। यसको सहि डाइग्नोसिस गर्न CT scan ले मद्दत गर्दछ।

उपचार:

  • थाई रोइड बिमारी को शारीरिक उपचार
  • धुम्रपान छोड्ने – धुम्रपानले थाईरोइडको बिमारीलाई छिटो बढाउँछ।
  • आँखा मा घाउ भएमा – lubricating artificial tear drops
  • आँखा सुनिएको छ भने – ठन्डा बरफको सेकाइ गर्ने , सुत्ने बेला मा सिरानी उँचा गरि सुत्ने
  • ओपेरेशन – orbital decompression surgery: आँखा सुनिएर आँखा को नशा दबिन सक्छ, त्यसैले बढेका fat हरु निकाल्ने ओपेरेशन गरिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ