आँशु नलीमा अवरोध र संक्रमणको बारेमा सामान्य जानकारी

आँशु नलीमा अवरोध र संक्रमणको बारेमा सामान्य जानकारी

आँशु-नलीमा अवरोधको अर्थ

आँखामा रहेको आँशुग्रन्थी (lacrimal gland) बाट आँशु बन्दछ I आँशुले हाम्रो आँखालाई स्वच्छ राख्ने र सुक्नबाट बचाउने काम गर्दछ I आँशु-ग्रन्थीबाट नवनिर्मित आँशु मध्य केहि वाष्पीकरण हुन्छ भने बाकी
आंशुबाहिनी नली (nasolacrimal duct) द्द्वारा नाकबाट बग्दछ I यदि आँशुको यो नलीमा केहि अबरोध भयो भने आँशु बाहिर आँखाबाट खस्ने गर्दछ I एसैलाई आँशु नलीमा अवरोध भनिन्छ I आँशु नलीमा
अवरोध भएपछि जम्ने आँशुमा संक्रमण भएपछि देखिने असरलाई dacryocystitis भनिन्छ|

आँशु-नलीमा अवरोध कसलाई हुन्छ?

आँशु -नलीमा अवरोध दुई प्रकारको हुन्छ I १) जन्मजात हुने अवरोध – जसमा आँशु-नलीको विकास पूर्ण रुपमा भएको हुँदैनI २) धेरै उमेर भएपछि हुने प्राप्त अवरोध

आँशु-नलीमा अवरोधको लक्ष्यणहरु

  • आँखामा आँशु अनि कचरा आउने I
  • आँखा रातो हुने I
  • आँखाको छेउ नाकको माथिल्लो भागमा सुनिने, दुख्ने र गाठो आउने I गाठोलाई थिच्दा कचरा आउने I

निदान (डैग्नोसिस)


Syringing बाट आँशु-नलीमा अवरोधको निदान गरिन्छ I यसमा आँखामा रहेको मुखबाट एउटा syringe र cannula मार्फत पानी हालिन्छ र त्यो पानी नाक हुँदै गलासम्म पुग्छ कि पुग्दैन भनि टेस्ट गरिन्छ I

उपचार:


एक वर्षको उमेर सम्मको बच्चालाई आँखा छेउको नाकमा माथिबाट तलतिर मालिश गरिन्छ जसले अविकसित आँशु-नलीलाई खोल्न सक्छ I आँखाबाट आउने कचराको लागि एन्टीबायोटिक ड्रोप हाल्नु पर्छ I
मालिशले ठिक नभए शल्यक्रिया (Probing / DCR operation) गरिन्छ I धेरै उमेर पुगेर हुने आँशु-नली अवरोधलाई शल्यक्रिया (Dacryocystorhinostomy / DCR operation) द्द्वारा उपचार गरिन्छ I

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ