मदिरा (Alcohol) पिउनु रोग हो या होइन ?

मदिरा (Alcohol) पिउनु रोग हो या होइन ?

मैले एउटा हरर(horror show) सो मा धेरै बर्ष अगाडी हेरेको कथा!! । आमा बुवा लाई आफ्नो एउटा मात्र छोरा को धुमधाम सित बिहे गर्ने धोको थियो । छोरा राम्रै फ्याक्ट्री मा काम गर्दै गरेको थियो ।
तर धितो राख्न नसकेर होला, कुनै साहुले पत्ताएन अनि बिचल्ली मा परे । कसैले एक तान्त्रीक ले जादु ले पैसा दिलाउन सक्छ भनेर सुनायो । मरता क्या न कर्ता भनेझै तिनीहरुले बुझे , कुरा साचो रहेछ ।
तर तान्त्रीक ले भन्यो कतिपय बेला यस् (चिराग बाट निस्कने जिनी) ले पुरा गरे पनि त्यस को कीमत पनि चुकाउने अवस्था आउने सक्छ ।
सुरु मा डराए तर जब लोभ हावी भो तब चिराग चम्काए । एक बिशाल डर लाग्दो जिनी ले जो आज्ञा भन्दै एक हप्ता मै कुरा पुरा गर्ने बचन दियो । पाचौ दिन अचानक फ्याक्त्री बात समाचार आयो कि छोरा को
फ्याक्त्री मा काम गर्दा गर्दै मेशिन खसेर मृत्यु भयो । अनि छैठौ दिन लाश जलाउन नपाउदै एक लाख लिएर अफिस का हाकिम आइपुगे, (इन्सुरेन्स को पैसा ) ।

मदिरा एउटा जादुमय, अदभुत जल हो । मानव सभ्यता देखि सुरु भएको, समाज्, धर्म्, निति नियम ले पुरै रोक्न नसकेको, कानुन ले छेक्न नसकेको, कतिप्रय लाई मन ले थेग्न नसकेको, मापसे ले
पनि सजिलै छेक्न नसकेको एउटा अदभुत जल । माफ गर्नु होला मदिरा को तरीफ गर्ने म एक्लो होइन कवि हरिबन्श राय बच्चन ले मधु र (रक्सी, जाड्, सोमरस , मदिरा , मध्यपान्) पिउने ठाउँ को बारेमा
“मधुसाला” भने काब्य लेखेका छन । मदिरा को नशा ले माहोल रमाइलो, याद्गर बनाउछ, मानिस बहकिन्छन, मन खोल्छन, लाज हिचक मुक्त हुन्छन,(social drinker) , साँचो बोल्छन रे(used as truth serum),
सायर बन्छन रे ? कति लाइ निन्द्रा लाग्न प्रयोग गर्छन ।
तर मदिरा को नशा मा थुप्रै बाटो बिराउँछन, झगडा गर्छन्, अपराध गर्छन्, कुलत मा फस्छन , परिवार ले समेत दुख पाउँछ, आफन्त सँग मनमुटाव, झैझगडा हुन्छ, दुर्घटना हुने , चोटपटक लाग्ने सम्भावना बद्छ.
रोग लाग्छ, आर्थिक नोक्सानी हुन्छ अनि पिउने बानी लागेछिन, कती लाई रक्सी को समुन्द्र (अली धेरै भने होला) नै कम हुन्छ ।त्यस अर्थ मा यो जल डरलाग्दो, बिनासकारी छ अनि यो भन्ने/ लेख्ने चाँही थुप्रै छन ।

कसरी सुरु हुन्छ त ?


कति ले जात ले दिएको भनेर सुरु गर्छन्, कति लाई यो पिउनु ठुलो भएको निशानी हो , कति स्वाद जान्न पिउछन , कति साथी भाई को कर ले वा ग्रुप मा बस्न (यो त अझै दुध पिउने बच्चा न हो )कति ले अरु ले
रमाइलो गरेको देखेर सुरु गर्छन ,कति ले हार , बिछोड , बेइजती, तनाव सहन नसकेर अनि कति लाई जे नगर भन्यो तेही गर्नु पर्छ । यस्मा मोडेललिङ(देखासिखी) को पनी ठुलो रोल हुन्छ । जस्तै सिनेमाका हिरो जस्तै, आफु भन्दा ठुलो दाई, बुवा जस्तै । यस्मा समाज को पनि ठुलो रोल हुन्छ । त्यसैले केटी भन्दा धेरै गुना केटा ले मदिरा पिउछन तर यौ बिस्तारै उल्तिदै छ। कति को लागी यो रोग नभ्एर जुस पिए झै हुन्छ , मन लाग्यो पियो, नलागे नपियो । तर केही को लागी सुरु हुन्छ एउटा अर्को बाटो कुलत को अनि हो तिनीहरुमा मा यौ रोग हो ;; नशा को रोग ।

Addiction/dependence यानी नशा को शिकार– मुख्य परिभाषा भनेको — जिन्दगी यस् अघि रमाइलो लागेको , जरुरी ठानिएको अनि प्राथमिकतामा रहेको काम भन्दा पनि मदिरा पिउनु जरुरी भएको खन्डमा मदिरा पिउने रोग लागेको भन्न सकिन्छ। तिनीहरुमा मधु पिउनु बिष पिउनु सरह हो।

कुन बेला सतर्क हुने त

  • बिस्तारै मात्रा बड्दै छ भने; त्यती नै नशा को लागि ज्यादा मात्रा चाँहीदै गएको खन्डमा (Tolerance)
  • दिनहु जसो पिउनु परेमा
  • आज पिउदिन भन्ने कसम धेरै चोटि टोडे मा
  • एक दुई पेग मात्र पिउछु भन्दा पनि धेरै हुन अवस्थामा
  • मह्तोपूर्ण, जरुरी काम छोडेर
  • मदिरा नपिउदा हात काप्ने , मुटु को ढड्कन बद्ने, निन्द्रा लाग्न गार्‍हो हुने, रक्सी नपिउदा छारे रोग(fits) झै लाग्ने (withdrawal))
  • कलेजो को बिमारि हुँदा, शरिर सुनिने रोग लाग्दा पनि रोक्न नसक्इने वा मदिरा खानै नहुने रोग लाग्दा पनि पिउने
  • स सान चिन्ता, झगडा , मा पनि पिउनु पर्ने
  • बिहान देखि नै पिउनु पर्ने
  • अनि घर मा झगडा को कारण मदिरा हुने
  • धेरै जसो एक्लै बसेर पिउने

कसरी काम गर्छ वा भनु काम बिगारँछ

मदिरा सुरुमा पाहुना जस्तै भएर तपाईं को शरिर आउछ सुरुमा मजा आउने, उत्सहित हुने हुन्छ तर बिस्तारै मदिरा ले तपाईं को शरिर को प्रकिया म दखल दिन थाल्छ । सुरुमा केही केमीकल(रसायन को मात्र (GABA अनि Glutamate) को सन्तुलन बिगारछ । बिस्तारै अरु प्रकिया लाई आफ्नो बशमा पार्छ बिस्तारै तपाईंको शरिर ले त्यस्लाई आफ्नो अभिन्न अङ को रूप मा स्वीकार्न थाल्छ अनि केमीकल को जिम्मेबारी लिन थाल्छ बिस्तारै तेही काम गर्न थुप्रै मात्र मा मदिरा को आवशेक्त हुन जान्छ ।एक तरिका ले हेर्ने हो भने बिस्तारै साथी बनेर आएको रक्सी एक तानाशाही तरिका मा बद्लिन्छ । कसलाई यस्तो हुन्छ भन्ने थुप्रै आधार भएपनि यकिन साथ हुनु अघी बन्न चाँही सकिदैन। अनि पिउने प्रकिया अघी बढछ रहर बाट बाध्यतामा; रमाउन भन्दा पनि दु:ख नहोस्, पिडा नहोस् भन्न लाई पिउने अवस्था आइपर्छ. कति जाना ले पुरानो तरीका ले पिउछु सोचे पनि , अनि दुई तीन महिना छोडे
पनि पिउन थालेपछी एकै छीन मा दिनहु पिउने पारा आइहाल्छ। उपचार
मदिरा पिउने पात्र लाई हेला को पात्र, कमजोर, इछ्या शक्ती नभएको, स्वार्थी , जिम्मेबारी बाट पनछिने ब्यक्ती को रुप मा चित्रन गरिन्छ तर रक्सी पिउने रोग(alcohol dependence) लागे पछी केबल इछ्या शक्ती काफी हुँदैन त्यसर्थऔषधी
तलप कम गराउने औषधी
सारीर को केमिकल सन्तुलन ठीक गराउने औषधी
छोड्दा हुने समस्या जस्तै हात काप्ने , मुटु को ढड्कन बद्ने, निन्द्रा लाग्न गार्‍हो हुने, रक्सी नपिउद छारे रोग(fits) झै लाग्ने—- हुन नदिने औषधी
पिएको खन्ड मा असर भएर पिउदिन भन्न इछ्या शक्ती बढाउने औषधी
Counselling / परामर्श

  • छोड्न नखोज्ने या समस्या होइन लाग्ने लाई -Motivation therapy
  • बिच मा फेरी सुरु गर्ने लाई- Relapse prevention therapy
  • अरु मानसिक बिकार ले गर्दा लिइएको हो भने त्यसको उपचार
  • अरु मनोबैज्ञानीक तरीका

त्यसर्थ मदिरा पिउनु रोग हो पनि अनि होइन पनि ।
मदिरा एउटा जादुमय जल पनि हो तर कति लाई यस्को ठुलो कीमत चुकाउनु पर्छ पनि ।
कति मा यो social drink मा रहन्छ भने कति मा यस्ले रोग को रुप मा ।
कति ले मदिरा पिउँछन कति मदिरा का गुलाम बन्छन ।
तर यस्को उप्चार छ, मनोरोग का डाक्टर(Psychiatrist) को सलाह र निग्रानी मा लिन जरुरी छ नत्र फाईदा भन्दा नोकशानी हुन सक्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ