थाईरोइड ग्रन्थि को रोग (Thyroid disorder): कस्तो समस्या हो यो ?

थाईरोइड ग्रन्थि को रोग (Thyroid disorder): कस्तो समस्या हो यो ?

थाईरोइड डिसअडर(disorder )
हामीलाई धेरै प्रश्न आएको समस्या मध्हे एउटा चाहिँ थाईरोइड रहेको हुनाले यसमा लेख्दै छौ। हामीलाई लाग्यो धेरै जना ले थाईरोइड रोग को बारेमा भखरै सुनेका होलान तर गलगाड को बारेमा त पक्कै सुनेको हुनुपर्छ । आयोडिन भएको नुन खानु पर्छ जसले गलगाड हुन दिदैन भनेर पनि सुनेको हुनु पर्छ। हो त्यहि ग्रन्थि जहाँ गलगाड हुन्छ त्यसलाई थाईरोइड भनिन्छ र त्यहि को खराबी ले हुने समस्या लाइ थाईरोइड दिसार्डर (disorder ) भनिन्छ

के हो त थाईरोइड ग्रन्थि ( thyroid gland ) अनि के हो यसको काम ?
घाटी भएको ठाउँ मा एउटा पुतली जस्तो आकार को ग्रन्थि रहेको हुन्छ जसलाई हामी थाईरोइड ग्रन्थि भन्छौ। यस ग्रन्थि ले शरीर को कार्य शैली को रफ़्तार(मुटु , दिमाग, पेट, आन्द्रा ,छाला आदि ) नियन्त्रण गर्दछ। जस्तै की पाचन प्रक्रिया, खाना मुख बाट आन्द्रा मा पुग्ने समय, बिस्तारै हुने या छिटो हुने या ठिकै रहने आदि । शरीर ले बाहिरि खाना र ऑक्सीजन लाई प्रयोग गरेरै तागत निकाल्छ, त्यसअनुरूप शरीर को तापक्रम मा योगदान रहन्छ। त्यसैले शरीर रूपी उर्जा को भट्टी मा कति खाना रूपी कोईला कति ढिलो छिटो बल्ने निर्धारण गर्ने काम मा एक मुख्य ग्रन्थि हो थाइरोइड। बच्चा हरुमा मा त दिमाग को बिकास अनि कोशिका को आकार निधारण गर्न मा पनि यसको ठूलो भूमिका रहेको हुन्छ।
त्यस अर्थ मा थाइरोइड ग्रन्थि को मुख्य काम भनेको सरीर को ऊर्जा प्रयोग को मात्रा तय गर्ने हो। त्यसैले जब थाइरोइड धेरै सक्रिय हुन्छ तब छिटो छिटो ऊर्जा प्रयोग हुन्छ, मानौ ठूलो आगो मा खाना पकाएको जस्तै अनि जब थाइरोइड निष्क्रिय हुन्छ तब शरीर सुस्त हुन्छ, ऊर्जा कम बन्छ , बीरबल को खिच्चड़ी जस्तै (तल आगो लगाएर पकाउन रुख को टुपो मा झुंडाएको खिचड़ी )
अब थाइरोइड ग्रन्थि बाट T 3 , T 4 नामको हार्मोन निस्किन्छ जसको काम हर कोशिका मा गएर काम गर्नु रहन्छ । यसको नियंत्रण चाहि TSH हार्मोन भन्ने ले गर्छे जून चाही दिमाग मा रहेको पिटूटरी (pituitary ) भन्ने ग्रंथिको नियन्त्रण मा रहेको हुन्छ ।

थाइरोइड कमी हुदा को लक्ष्यण :(Hypothyroidism ) मुख्य लक्ष्यण

  • ऊर्जा को कमि , छिटो थकाई लाग्ने , कमज़ोरी महसूस हुने, धेरै निंद्रा लाग्ने या झुम्म हुने ।
  • जाड़ो सहन नसक्ने या धेरै जाडो महसुस हुने , हात खुट्टा चिसो हुने , छाला फुस्रो हुने, कपाल झरने ।
  • खाना अपच हुने, कब्जी हुने , ।
  • आवाज खस्रो हुने ,घोक्रो हुने ।
  • केहि काम मा मन नलाग्ने ।
  • बजन बढ़ने, हात खुट्टा सुन्निने ।
  • महिला हरुमा महीना बारीमा असर हुने, महीनबारी ढिलो हुने ।
  • जीउ दुख्ने।
  • मुटु को धड़कन कम हुने , ब्लड प्रेसर बढ्ने ।
  • रगत मा बोसो अनि कोलेस्ट्रोल को मात्र बढ्ने ।
  • कब्जि , अपच हुने ।

थाइरोइड हर्मोन धेरै सक्रिय हुने अवस्था (hyperthyroidism ) मुख्य लक्ष्यण

  • सरीर मा ऊर्जा धेरै हुने, धेरै भोक लाग्ने , तर बजन घट्दै जाने ,।
  • सरीर तातो महसूस हुने , गर्मी सहन नसक्ने, ज्वरो आएको जस्तो महसुस हुने ।
  • पातलो दिसा हुने, धेरै पटक हुने , अपच हुने ।
  • मुटु को धड़कन बढ़ने , धेरै पसीना आउने, छिटो थाक्ने , ब्लड प्रेसर बढ्ने ।
  • महिनाबारी गड़बड़ हुने, छिटो हुने
  • आतिने , छटपटी हुने , चिड़चिड़ा पन बढ़ने , निंद्रा नलाग्ने ।

कारण :

  • Autoimmune :संक्रमण सीत लड़ने कोशिका ले कहिले कही आफ्नो कोशिका ले हानि पुराउन सक्छ।
  • आयोडीन को कमी ले गर्दा — गलगाड़ सँगै थाइरोइड ग्रन्थि निष्क्रिय हुन्छ।
  • संक्रमण (thryoditis )– थाइरोइड ग्रंथि को संक्रमण।
  • Congenital वा जन्मजात रूप थाइरोइड हरमोंन को कमी — बच्चा देखि हुने।
  • कैंसर को कारण सक्छ।
  • पिटुटरी यानि दिमाग मा रहेको अनि थाइरोइड ग्रन्थि लाई नियंत्रण गर्ने ग्रन्थि को ख़राबी।

कसमा धेरै हुन्छ ?

  • पुरुष भन्दा महिला मा यो रोग धेरै देखिएको छ।

कसरी पता लगाउने।

  • मुख्य रूप मा रगत को जाँच — TSH —– धेरै भए थाइरोइड निष्क्रिय र कम भए धेरै सक्रिय।
  • त्यसबाहेक T 3 , T 4 को पनि जाँच उपयोगी हुन्छ। थाइरोइड ग्रन्थि माँ गड़बड़ी आए अरु जांच पनि गर्नु पर्ने हुन्छ।

उपचार
थाइरोइड निष्क्रिय हुँदा (hypothyroidism )

  • थाइरोइड हॉर्मोन बहिर बाट दिने- थायरोक्सिन (thyroxine )।
  • लिने तरिका — डाक्टर ले दिएको मात्रा —- बिहान को समय मा लिने, सकभर एउटै समय मा लिने।
  • फेरी गरिने रगत को जाचँ ६ -१० हप्ता पछि गरिन्छ। जसरी मधुमेय भएका ले इन्सुलिन ले काम गर्छ त्यसै गरी थाइरोइड निष्क्रिय भएको ले थायरोक्सिन ले काम गर्छ।
  • कति समय लाई लिने चाही के कारण ले भएको हो त्यसले निर्धारण गर्छ।

थाइरोइड धेरै सक्रिय हुँदा

  • थाइरोइड हरमोन कम गराउने (Antithyroid medicine ) दिइन्छ।
  • बाकि उपचार चाही के कारण ले कमी या धेरै भयो त्यसको आधार मा गरिन्छ जसको बारेमा हामी अर्को चोटि लेख्नेछौ।

हामीलाई केहि ले के खाना खान हुन्छ अनि के हुदैन भनेर सोध्नु भएको थियो?

थाइरोइड ग्रंथि निष्क्रिय हुदा : Hypothryoidism

  • Bulky food – भारी खाना , चिल्लो खाना जसले यसै पनि पाचन लाई कमजोर बनाउँछ कम गर्ने, थोरै -थोरै खाने बरू धेरै चोटी।
  • कतिप्रय तरकारी जस्तै काउली , बन्दा मा antithyroid यांनी थाइरोइड ग्रंथि लाई असर गर्न सकने भएका ले कम प्रयोग गर्ने ,।
  • कतिपय औषधि जस्तै की Lithium ले थाइरोइड ग्रंथि लाई असर गर्ने हुना ले डाक्टर सीत हुने नयाँ औषधी को प्रयोग मा आफ्नो रोग को बारेमा बताउने।

थाइरोइड ग्रन्थि धेरै सक्रिय हुदा :Hyperthyroidism

  • पातलो दिसा हुने भएका ले, धेरै उर्जा प्रयोग हुना ले — पानी धेरै पिउने, धेरै भए जीवनजल पनि चाहिन सक्छ ।
  • थोरै -थोरै खाने बरू धेरै चोटी ।
  • गर्मि गर्ने खाना हरु कम प्रयोग गर्ने ।

अरु केहि प्रश्न छ भने स्वागत छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ