क्यान्सर : कतिको खतरनाक छ त ?

क्यान्सर : कतिको खतरनाक छ त ?

क्यान्सरको नाम सुन्ने बित्तिकै सबै त्रसित हुने गर्छ । हामी धेरैजसोमा क्यान्सरबारे यस्तो छाप छ कि यो अनुपचारिय रोग हो , यसको कुनै निदान छैन । क्यान्सर लागेको मानिस केही महिना भन्दा बढी बाँच्दैन । तर यो कतिको सत्य हो त ? या त यो केवल भ्रम मात्र हो ? क्यान्सर अवश्य पनि मानव इतिहासको सबैभन्दा खतरनाक रोग हो । संसारमा हुने सबै मृत्युका कारण मध्ये क्यान्सर एक नम्बरमा पर्छ , २०-३०% हुने मृत्युहरु कुनै न कुनै क्यान्सरका कारण हुने गर्छ । क्यान्सर प्राणघाती रोग पक्का हो तर अनुपचारिय भने होइन । तुरुन्त पत्ता लागेको खण्डमा यसको पक्का उपचार अवश्य छ । तर यदि धेरै फैलिसकेको खण्डमा यसको कुनै उपचार हुदैन । त्यसैले क्यान्सरबारे हामी सबैले जानकारी राख्नु जरुरी छ ।

कुन क्यान्सर कतिको खतरनाक छ भन्ने चीज धेरै कुरामा निर्भर हुन्छ । कुनै पनि क्यान्सरको र त्यसमाथि उपचारले पार्ने असरको मुल्यांकन गर्न विशेष गरी ५ बर्षे जीवित प्रतिशतको ( 5 year survival ) हिसाब गरिन्छ । यो भनेको रोग लागेको ५ वर्ष पछि जीवित रहेको रोगीको प्रतिशत हो । साथै मध्यस्थ जीवित साल ( median survival years ) को हिसाब गरेर पनि क्यान्सरको प्रचण्डताको मुल्यांकन गर्न सकिन्छ । क्यान्सर लागेको १०० व्यक्तिलाई उनीहरुको क्यान्सर पछिको जीवित उमेरको क्रम अनुसार राख्ने हो भने ५० औं व्यक्ति कति साल बाँच्छ त्यहीनै क्यान्सरको मध्यस्थ जीवित साल हो ।

क्यान्सरको जटिलता खासगरी कुन ठाउँको क्यान्सर हो त्यसमा निर्भर हुन्छ । उदाहरणको लागि स्तनको क्यान्सर उपचार गरेको खण्डमा राम्रो परिणाम दिन्छ तर पित्तको थैलीको क्यान्सर उपचार पछिपनि खतरनाक र प्राणघाती हुन्छ । तल दिएको सूची अनुसार विभिन्न ठाउँको क्यान्सरले विभिन्न नतिजा दिन्छन :

क्यान्सर
५ बर्षे जीवित प्रतिशत (5 years survival rate)
सन् १९५०
सन् २०००
प्रोस्टेट क्यान्सर ४३ ९३
मेलानोमा ४९ ८८
अन्डकोषको क्यान्सर ५७ ९६
मूत्राशयको क्यान्सर ५३ ८२
मृगौलाको क्यान्सर ३४ ६१
स्तनको क्यान्सर ६० ८६
ठूलो आन्द्राको क्यान्सर ४१ ६२
अन्डाश्यको ( ovary ) क्यान्सर ३० ५०
थाईरोइड क्यान्सर ८० ९५
कण्ठनलीको ( larynx ) क्यान्सर ५२ ६६
पाठेघरको क्यान्सर ७२ ८६
अन्ननलीको क्यान्सर १३
मुखको क्यान्सर ४६ ५६
मस्तिष्कको क्यान्सर २१ ३०
फोक्सोको क्यान्सर १४
पेटको क्यान्सर १२ १९
कलेजोको क्यान्सर
प्यानक्रियाजको क्यान्सर

माथिको सूची अनुरुप प्रोस्टेट , अन्डकोष , स्तन , थाईरोइड क्यान्सरहरु कम खतरनाक क्यान्सरहरु हुन् त फोक्सो , कलेजो , प्यानक्रियाजको क्यान्सरहरु बढी खतरनाक क्यान्सरहरु हुन् । हाल संसारमा सबैभन्दा बढी ज्यान लिने क्यान्सर चाहिँ फोक्सोको क्यान्सर हो । सबैभन्दा धेरै देखिने क्यान्सर चाहिं पुरुषमा प्रोस्टेटको तथा महिलामा स्तनको क्यान्सर हो । तल दिएको सूची अनुसार महिला र पुरुषमा विभिन्न क्यान्सरको विभिन्न संयोग ( incidence) तथा मृत्यु%( mortality) देखिन्छ :

पुरुष

महिला

क्यान्सर
संयोग %
मृत्यु %
क्यान्सर
संयोग %
मृत्यु %
प्रोस्टेट ३३% ९% स्तन ३१% १५%
फोक्सो १३% ३१% फोक्सो १२% २६%
ठूलो आन्द्रा १०% १०% ठूलो आन्द्रा १०% १०%
मूत्राशय ६% ३% मूत्राशय २% १%
मेलानोमा ५% १% मेलानोमा ४% १%
लिम्फोमा ४% ३% लिम्फोमा ४% ३%
मृगौला ३% ३% अन्डाशय ३% ६%
मुख ३% २% पाठेघर ६% ३%
लिउकेमिया ३% ४% प्यानक्रियाज ६% ६%
प्यानक्रियाज २% ६%

यी त भए ठाउँ अनुसार क्यान्सरको परिणामको बारेमा । यसको साथै क्यान्सरको परिणाम त्यो कुन तहमा पत्ता लाग्यो त्यसमा पनि निर्भर हुन्छ । यदि शुरुको तहमा रहेमा यसको नतिजा राम्रो आउँछ । सोहि अनुरुप क्यान्सरलाई त्यसको नाप, लिम्फ नोड र क्यान्सर फैलिएको- नफैलिएको हेरी ४ तहमा विभाजन गरिन्छ । यो प्रक्रियालाई टी. एन. एम. वर्गीकरण ( T.N.M. classification ) भनिन्छ । क्यान्सरको नाप ठूलो भए , लिम्फ़ नोड पोजिटिव भए या र क्यान्सर फैलिएको भएमा क्यान्सरको परिणाम राम्रो रहन्न । प्रथम र द्वितीय श्रेणीका क्यान्सर उपचारपछि राम्रो नतिजा दिन्छन भने तृतीय र चतुर्थ श्रेणीका क्यान्सरको नतिजा उपचार पछि पनि राम्रो हुन्न । यसकारण जति चाँडो तपाईं चिकित्सककहाँ जानुहुन्छ त्यति नै राम्रो नतिजा आउने सम्भावना बढी रहन्छ ।

यसबाहेक विभिन्न क्यान्सर अनुसार विभिन्न कारकहरु छन् जसले क्यान्सरको नतिजामा सीधा प्रभाव पार्छ । हिस्टोलोजिकल श्रेणी ( histopathological grade ) जति बढी भयो क्यान्सरको नतिजा पनि उतिनै नराम्रो हुन्छ । हिस्टोलोजिकल श्रेणी भनेको बायोप्सी ( biopsy ) रिपोर्टबाट थाहा हुन्छ । यस्तै क्यान्सर मार्कर ( tumor marker ) पनि जति बढी भयो क्यान्सरको नतिजा पनि उति नै नराम्रो हुन्छ । विभिन्न क्यान्सर अनुसार विभिन्न क्यान्सर मार्करहरु हुन्छन् । जस्तै प्रोस्टेट क्यान्सरको लागि पी. एस. ए. ( P.S.A. ), आन्द्राको क्यान्सर को लागि सी. ई. ए. ( C.E.A.) , प्यान्क्रियाज क्यान्सरको लागि सी. ए. १९-९ ( C.A.19-9) , अन्डासय क्यान्सरको लागि सी.ए. १२५ ( C.A.-125) , कलेजोको क्यान्सरको लागि ए. एफ. पी.( A.F.P. ), अन्डकोषको क्यान्सरको लागि एच. सी. जी.( H.C.G.) / ए. एफ. पी. / एल. डी. एच. (L.D.H.) क्यान्सरका मार्करहरु हुन् । क्यान्सरका खतरनाक लक्षणहरु रहेको मिलेमा पनि उपचारको नतिजा उल्लासपूर्ण रहन्न । यस्ता लक्षणहरुमा धेरै वजन कम हुनु , पेटमा पानी जम्नु जस्ता लक्षणहरु पर्छन ।

अन्तमा भन्नु पर्दा कुनै पनि बिरामीको क्यान्सर उपचारपछि कसरी पेश हुन्छ भनेर किटान गरेर भन्न सकिन्न । क्यान्सर फिर्ता पनि आउन सक्छ र पूर्णरुपमा ठीक पनि हुन सक्छ । त्यसैले क्यान्सर लाग्यो भन्दैमा हतोत्साहित हुनु पर्दैन ,उपचार गरेको खण्डमा तपाईं साधारण जीवन बिताउन पनि सक्नु हुनेछ ।

प्रातिक्रिया दे

आपका ईमेल पता प्रकाशित नहीं किया जाएगा. आवश्यक फ़ील्ड चिह्नित हैं *