कब्जियत (Constipation)- केहि तथ्यहरु

कब्जियत (Constipation)- केहि तथ्यहरु

कब्जियत भनेको यस्तो समस्या हो जुन हरेक मानिसले कम्तिमा एकपटक अबस्य भोगेको हुन्छ तर यसको बारेमा कुरा गर्न चाहदैन । अधिकांसमा यो गम्भीर समस्याको रुपमा नभएपनि धेरै मानिसलाई यो समस्याले कुनै न कुनै रुपमा गाजिरहेको हुन्छ । कतिपयलाई यो केहि दिनको समस्या हुनसक्छ र आफै ठिक हुन सक्छ भने कतिपयमा, खासगरी पाका मानिसहरुमा यो दिर्घकालिन हुन सक्छ ।

कब्जियतको बारेमा बिस्तृत जानकारी लिनु भन्दा अगाडी कस्तो अवस्थालाई कब्जियत भन्ने भनेर बुझ्नु जरुरि छ । यसको उपचारको लागि आउने बिरामीहरुमा यसको बारेमा अलग अलग धारणाहरु भएको पाइन्छ । कुनै मानिसहरु एक दिन मात्र शौचालय नजादा लौ फेरी गडबडी भयो भनेर डराएर अर्को दिनबाट औषधि लिन सुरु गर्छन भने कतिपयले यसको बारेमा कुनै मतलब नै गर्दैनन् ।

त्यस्तै गरि ज्यादा भिडभाड हुने सरकारी अस्पतालहरुमा बार बार कब्जियतमात्र को समस्या लिएर आउने बिरामी संग डाक्टरहरु पनि वाक्क हुने, कतिपयले जति डाक्टरलाइ देखाएपनि अनि टन्न खर्च गरेर भिडियो एक्सरे, इन्डोस्कोपी, रगतका जांचहरु लगायत का परिक्षण गर्दा पनि समस्या जस्ता को तेस्तै रहँदा निराश हुने गरेको देखिन्छ । साथ साथै कब्जियत को बारेमा समाजमा अरु धेरै विश्वास हरु ब्याप्त छन् । जस्तो कि कब्जियत हुदा बन्ने ग्यास ले दिमाग लाइ असर पुर्याउछ, ग्यास दिमागमा पुग्छ , बिपि बढ्छ , पेट नियमित सफा भएन भने सरिर मा सबै प्रकार का बिमारी लाग्न सक्छन इत्यादी । यो लेखको उदेस्य कब्जियत को बारेमा ब्याप्त केहि भ्रम निवारण र यसको बारेमा यथार्थ जानकारी दिनु हो ।

नर्मल के हो ?

यो सबैभन्दा गार्हो प्रश्न हो । किनभने अलग अलग मानिसको नित्य क्रम को स्वभाव अलग अलग हुन्छ । कसै कसैको नर्मल नियमित दैनिकी कसैको लागि कब्जियत हुन सक्छ । अगाडी भनिए जस्तै कोइ मानिस हरु आफ्नो दैनिकीमा एक दिन मात्र यताउता भयो भने चिन्तित हुने गर्छन भने कसै कोहि भने एक दुइ दिनमा एक पटक मलत्याग हुनु उनीहरुको लागि नर्मल हुन सक्छ । साथै बच्चाहरु साधारणतया दिनमा दुइ तीनपटक सम्म मल्त्याग गर्छन भने बृद्धहरुमा दिनमा एक पटक या त्यो भन्दा पनि कम हुनु सामान्य हुन्छ । चिकित्सा विज्ञानमा सामान्यतया कब्जियत भन्नाले हप्तामा ३ पटक भन्दा कम पेट सफा हुनु भन्ने हो । यसको अलावा कब्जियतका अन्य लक्षण हुन्…

  • दिसा गर्दा धेरै जोड लगाउनु पर्ने धेरै समय लगाउनु पर्ने अनि दिसा लागेको महसुस भएर शौचालय जाँदा समेत नहुनू
  • गोटा पर्ने अर्थात् अति कडा दिसा हुनू
  • पेट पुरा खाली नहुनू

किन हुन्छ कब्जियत

अधिकांस मा कुनै शारीरिक कारण देखिदैन जसलाई Functional Constipation भनिन्छ । अस्वस्थ्य जीवनसैली (एक्लै बस्ने, ब्यायाम नगर्ने), अस्वस्थ खानपिन (कम पानी पिउने, कम रेशयुक्त खाना खाने, मसला तेल को धेरै सेवन गर्ने, दूधका परिकार धेरै खाने इत्यादी ) र कब्जियत लाइनै सबै बिमारीको जड मान्ने सोच भएका मानिसमा कब्जियत ले साच्चै नै दुख दिन्छ ।

शारीरीक बिमारी हरुमा थाइराइडको रोग, सुगर, नशा तथा मस्तिस्क सम्बन्धि रोगहरु, क्याल्सियमको कमि, आन्द्राका क्यान्सर, मलद्वारको मंशापेशिहरु कम्जोर हुने रोगहरु, उदासी र चिन्ता धेरै गर्ने बिमारीहरु इत्यादी प्रमुख हुन् । अरु बिमारीका लिइने कतिपय औषधिहरु (एन्टासिड, मानसिक रोगका औषधिहरु इत्यादी ) को साइड इफेक्ट ले गर्दा पनि कब्जियत हुन सक्छ ।

भ्रम हरु

दिनमा एकपटक पेट सफा हुनु अत्यन्त आबस्यक छ- माथिनै लेखिसकिएको छ कि यो मानिस अनुसार फरक पर्छ। स्वस्थ मानिसमा दिनमा ३ पटक देखि लिएर हप्तामा ३ पटक सम्म को बानी सामन्य मान्न सकिन्छ।
कब्जियत हुँदा बन्ने ग्यास ले रगतलाई दुसित बनाउछ – चिकित्सा बिज्ञान मा भएका परिक्षणले देखाएका छन् कि पेटमा बन्ने ग्यास जुन ज्यादातर मिथेन या यस्तै अरु हुन्छन, रगतमा पुग्दैनन।
कब्जियत सरिरका सबै बिमारीको जड हो- कब्जियत कहिलेकाही अरु कुनै बिमारिको लक्षण पनि हुनसक्छ तर कब्जियत कै कारणले बिपि बढ्ने, दिमाख सुस्त हुने, कमजोरी हुने भन्ने भनाइमा कुनै सत्यता छैन।

खतराका चिन्हहरु

धेरैजसो मानिसमा कब्जियत बाट डराउनुपर्ने अवस्था नभएपनि कतिमा यो कुनै अर्को बिमरिका सूचक हुनसक्छन। यदि कब्जियत संगै निम्न लक्षण भएमा तुरुन्त डाक्टरलाई देखाएर मात्र औषधिहरु लिनु ठिक हुन्छ।

  • ग्यास पनि पास नहुनु
  • दिसामा रगत देखिनु
  • पेट दुख्नु
  • उल्टी हुनु
  • शरीर को तौल अचानक कम हुनु

कब्जियत को उपचार एबम रोकथाम के त ?

सबैभन्दा पहिला आफुलाई कब्जियत भएको हो या होइन पक्का गर्नु जरुरि छ। कैले काहीं एक दिन शौचालय नहुदैमा मलाई क भयो भनेर डराउनु, डाक्टरलाई नदेखाइकन आफै औषधि लिन सुरु गर्नु स्वास्थ्य को लागि फाइदा हुदैन। आफ्नो पाचन स्वभाव नियमित र स्वस्थ राख्ने उपायहरु हुन्-

  • जीवनशैली नियमित राख्ने- नियमित शारीरिक ब्यायाम गर्ने, दैनिक कार्यमा नियमितता ल्याउने जस्तो कि खाने, काम गर्ने, सुत्ने शौचालय जाने समयलाइ नियमित गर्ने, साथीभाई र परिवारको लागि समय निकाल्ने
  • खानपिनमा ध्यान दिने- रेशादार युक्त खाना खाने, हरियो तरकारी, फलफुल लाइ दैनिक भोजनमा समावेस गर्ने, फास्टफुड/ जन्क्फुड सेवन नगर्ने, पानीको मात्र कम हुन नदिने, कब्जियतको समस्या छ भने चिया कफी कम पिउने, धुम्रपान तथा अरु नशा नलिने
  • मानशिक स्वास्थ्य ठिक राख्ने- तनाब, चिन्ता कम गर्न योगा, ध्यान गर्ने, नया शौखको बिकाश गर्ने, रचनात्मक एबम मन आनन्दित हुने कामको लागी समय निकाल्ने, आफ्न कुराहरु/समस्याहरुको बारेमा साथीभाई वा परिवारका सदस्य संग खुलेर कुरा गर्ने

प्रातिक्रिया दे

आपका ईमेल पता प्रकाशित नहीं किया जाएगा. आवश्यक फ़ील्ड चिह्नित हैं *