डिप्रेसन मनोरोग: केही भ्रम र यथार्थ”

डिप्रेसन मनोरोग: केही भ्रम र यथार्थ”

भ्रम १.डिप्रेसन कुनै मेडिकल रोग होइन।
डिप्रेसन पनि ड्याबिटिज,रक्तचाप जस्तै मनिसलाई आक्रान्त पार्ने रोग हो।मनोरोग भएको हुनाले कुनै ठोस मेडिकल जाँच गरेर पत्तो लाग्दैन।व्यक्तिले महसुस गर्ने सोचविचार,भावनात्मक
र व्यावहारिक लक्षणबाटै रोगलाई चिन्न सकिन्छ।डिप्रेसन विश्वमा विकलाङ्गताको दोस्रो प्रमुख कारण हो।नेपाल जस्तो पिछडिएको देशमा धेरैले देवीदेवता,भुत-प्रेत,जादु-मन्तर जस्ता कारणले
डिप्रेसन तथा अन्य मानसिक रोग हुने विश्वास गर्दछन्,जुन धारणा गलत हो।

भ्रम २. मलाई या मेरो परिवारलाई डिप्रेसनले छुन सक्दैन।
डिप्रेसनको मनोरोगले कुनै पनि उमेर समुह,जाती या पेशागत वर्गको व्यक्तिलाई आक्रान्त पार्न सक्छ।तथापी डिप्रेसनको रोगको जोखिम व्यक्ति विषेशमा बढी हुन सक्छ।परिवारमा कसैलाई यस्तो रोग छ भने
अरु सदस्यमा पनि वंशानुगत जोखिम

हुन्छ।त्यस्तै विभिन्न जटिल सामाजिक परिस्थिती या जीवनका अत्यधिक तनावपूर्ण घटनाक्रमहरुमा व्यक्तीले तनाव व्यवस्थापना गर्न नसक्दा पनि जोखिम हुन्छ।एउटा व्यक्तिलाई डिप्रेसन हुनुमा
बिभिन्न जैविक,सामाजिक र मनोवैज्ञानीक परिस्थितीले भूमिका खेल्दछ।

भ्रम ३. डिप्रेसन रोग भएको व्यक्तिले सकारात्मक सोच/भावना राखेमा रोग आफै ठीक हुन्छ।
मनमा आफ्नो,भविष्य र बातावरणको बारेमा अत्यधिक नकारात्मक एवं निराशाजनक सोच/भावना आउनु त डिप्रेसनको लक्षण नै हो।त्यसैले कडा डिप्रेसनमा भएको विरामीलाई सकारात्मक या
भावना ख्न गार्हो हुन्छ।त्यस्तो व्यक्तिलाई सकारात्मक सोच राख्नु पर्छ मात्रै भनेर रोग निको हुँदैन।बरु, मानसिक स्वास्थ्य विषेशज्ञसङ्ग उचित उपचार र मनोवैज्ञानीक परामर्श लिन जरुरी हुन्छ।उचित उपचार
सङ्गसङ्गै पक्कै पनि सकारात्मक पारिवारिक र सामाजिक बातावरणले रोग निको हुन मद्धत गर्छ।तर मात्रै सकारात्मक सोच्नुपर्छ भनेर अर्ती दिनु त विरामीको समस्या नबुझ्नु जस्तै हो।

भ्रम ४.जीवनमा दु:खद घटना हुँदा मात्रै डिप्रेसनको जोखिम सक्छ।
जीवनमा दु:खद घटनाहरु नभए पनि डिप्रेसन रोग देखिन सक्छ। डिप्रेसन मनोजैविक रोग पनि हो। अर्थात्, मस्तिष्कलाई स्वाभाविक अवस्थामा राख्ने जैविक-रसायन(निउरो ट्रान्समिटर) को गडबडी पनि
देखिन्छ र कसै-कसैमा वशांनुगत पनि हुन सक्छ।

भ्रम ५.डिप्रेसन उपचार नगरे पनि आफै निको हुन्छ।

निकै कम व्यक्तिमा यस्तो देखिन्छ।निको भएको जस्तो देखिए पनि चाँडै बल्झिने उच्च जोखिम हुन्छ।उपचार नगरी डिप्रेसन कडा हुँदै गएमा निको हुन गार्हो हुने दिर्घ रोग बन्ने र विस्तारै मानसिक
क्षमतामा ह्रास आउन सक्छ।कडा खालको डिप्रेसनमा अत्यधिक निराशाले आत्महत्याको जोखिम उच्च रहन्छ।

भ्रम ६. डिप्रेसनका औषधीहरुको रक्सी,चुरोट जस्तै कुलत गराउँछन् र व्यक्तित्वमा नकारात्मक परिवर्तन ल्याउँछन्।
डिप्रेसनको लागि प्रयोग हुने ओखतीलाई एन्टीडिप्रेसेन्ट भन्दछन्।एक पटक डिप्रेसनको रोग भएमा निको भएपछि पनि कम से कम नौ महिनादेखि बार्ह महिनासम्म ओखती नियमित गर्नुपर्छ।
पटक-पटक लामो समयसम्म रोग भएकाहरुले अलि लामै समयसम्मा ओखती लिनुपर्ने हुन्छ। धेरै मात्रामा चलिरहेको ओखतीलाई विमारीले विशेषज्ञ डाक्टरसङ्ग परमर्श नगरी अचानक आफैले
बन्द गर्दा केही दिन समस्या पनि हुन सक्छ।तर राम्रोसँग उपचार लिएपछि डाक्टरको सल्लाहमा विस्तारै औषधी घटाउन सकिन्छ।डिप्रेसनको औषधीले व्यक्तित्व परिवर्तन गराउने होइन बरु स्वाभाविक
जीवनमा ल्याउँदछ, रोगलाई बल्झिन दिंदैन र आत्महत्याको जोखिम पनि कम गर्दछ।

भ्रम ७.डिप्रेसनको बारेमा छलफल गरे झनै रोग कडा हुन्छ।
यो मनोरोग छलफलबाटै पहिचानमा आउँछ।रोगका लक्षण र विरामीको मानसिक परिस्थितीबारे छलफल गर्नाले विरामीलाई मनोवैज्ञानीक मद्धत पनि मिल्दछ।कडा डिप्रेसन भएको विरामीलाई आत्महत्याको
विचार/भावनाको बारेमा पनि सोध्नुपर्छ।त्यसले जोखिम बढाउने होइन बरु समयमै जोखिम पहिचान गरेर उपचार लिन मद्धत पुग्छ।यो रोगमा मनोवैज्ञानीक उपचारको पनि भूमिका हुन्छ।सकारात्मक पारिवारिक
र सामाजिक बातावरणले रोगसङ्ग लड्न मद्धत् गर्दछ।

आउनुहोस्, विश्व स्वास्थ्य दिवस,अप्रिल ७,२०१७ को अवसरमा डिप्रेसन मनोरोगको बारेमा खुलेर छलफल गरौँ।

प्रातिक्रिया दे

आपका ईमेल पता प्रकाशित नहीं किया जाएगा. आवश्यक फ़ील्ड चिह्नित हैं *